काठमाडौं- संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ स्वदेश फर्केकै दिन अर्थमन्त्री डा. स्वर्णिम वाग्ले शनिबार कतार प्रस्थान गरेका छन्।
एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को सञ्चालक समितिको ११औँ वार्षिक बैठकमा सहभागी हुन उनी कतार प्रस्थान गरेका हुन्। उनको सचिवालयका अनुसार वाग्लेले बैंकको बोर्ड अफ गभर्नर्सको सत्रमा सहभागिता जनाउँदै नेपालको पूर्वाधार विकास, जलवायु अनुकूलन, नवीकरणीय ऊर्जा, विपद्पछिको पुनर्निर्माण र आर्थिक वृद्धिका प्राथमिकतामा बहुपक्षीय सहयोग तथा लगानी परिचालनबारे छलफल गर्नेछन्।
एसियाली पूर्वाधार लगानी बैंकका अध्यक्षसँगै भारत, बंगलादेश, कतार र माल्दिभ्सका अर्थमन्त्रीहरूसँग उनको छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता तय भएको बताइएको छ।
वाग्ले असोज १४ गते स्वदेश फर्कनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।