काठमाडौं– हुम्लाको सदरमुकाम सिमिकोटमा यसअघिको उच्च वर्षाको रेकर्ड तोडिएको छ। पछिल्लो २४ घण्टामा ११४.८ मिलिमिटर वर्षा भएपछि सिमिकोटमा ४८ वर्षदेखिको अभिलेख भंग भएको हो।
मौसम तथा जलवायु विज्ञान कार्यालय, सुर्खेतका अनुसार असोज ९ गते बिहान ८ः४५ बजेदेखि असोज १० गते बिहान ८ः४५ बजेसम्म सिमिकोटमा उक्त परिमाणमा वर्षा भएको हो।
कार्यालय प्रमुख डा. इन्दिरा कडेलका अनुसार सन् १९७८ जुन १ देखि सन् २०२६ सेप्टेम्बर २६ सम्मको अभिलेख हेर्दा २४ घण्टे अवधिमा भएको यो नै सबैभन्दा धेरै वर्षा हो।
यसअघि सिमिकोटमा २४ घण्टामा सबैभन्दा धेरै ११० मिलिमिटर वर्षा सन् २०२१ अक्टोबर १९ मा भएको थियो। पछिल्लो वर्षाले त्यही रेकर्डलाई उछिनेको हो।
समुद्री सतहबाट २ हजार ९९३ मिटर उचाइमा रहेको सिमिकोटमा यसअघि पनि ९० मिलिमिटरभन्दा बढी वर्षा भएका घटना छन्। अभिलेखअनुसार सन् २०१५ जनवरी ३ मा ९८ मिलिमिटर, सन् २००० जुन ९ मा ९२.८ मिलिमिटर र जुन ८ मा ९०.४ मिलिमिटर वर्षा भएको थियो। सन् २०१७ मे ३ मा ८४ मिलिमिटर वर्षा भएको थियो।
दीर्घकालीन अभिलेखअनुसार सिमिकोटमा ४८ वर्षको अवधिमा २४ घण्टामा १०० मिलिमिटरभन्दा बढी वर्षा दुईपटक, ७५ मिलिमिटरभन्दा बढी वर्षा सातपटक र ५० मिलिमिटरभन्दा बढी वर्षा १३ पटक भएको छ।
बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण पछिल्ला तीन दिनदेखि देशका उच्च हिमाली क्षेत्रमा हिमपात तथा पहाडी र तराई भूभागमा वर्षा भइरहेको छ।४८ वर्षको वर्षा अभिलेख तोडियो, सिमिकोटमा २४ घण्टामै ११४.८ मिलिमिटर पानी
काठमाडौं– हुम्लाको सदरमुकाम सिमिकोटमा यसअघिको उच्च वर्षाको रेकर्ड तोडिएको छ। पछिल्लो २४ घण्टामा ११४.८ मिलिमिटर वर्षा भएपछि सिमिकोटमा ४८ वर्षदेखिको अभिलेख भंग भएको हो।
मौसम तथा जलवायु विज्ञान कार्यालय, सुर्खेतका अनुसार असोज ९ गते बिहान ८ः४५ बजेदेखि असोज १० गते बिहान ८ः४५ बजेसम्म सिमिकोटमा उक्त परिमाणमा वर्षा भएको हो।
कार्यालय प्रमुख डा. इन्दिरा कडेलका अनुसार सन् १९७८ जुन १ देखि सन् २०२६ सेप्टेम्बर २६ सम्मको अभिलेख हेर्दा २४ घण्टे अवधिमा भएको यो नै सबैभन्दा धेरै वर्षा हो।
यसअघि सिमिकोटमा २४ घण्टामा सबैभन्दा धेरै ११० मिलिमिटर वर्षा सन् २०२१ अक्टोबर १९ मा भएको थियो। पछिल्लो वर्षाले त्यही रेकर्डलाई उछिनेको हो।
समुद्री सतहबाट २ हजार ९९३ मिटर उचाइमा रहेको सिमिकोटमा यसअघि पनि ९० मिलिमिटरभन्दा बढी वर्षा भएका घटना छन्। अभिलेखअनुसार सन् २०१५ जनवरी ३ मा ९८ मिलिमिटर, सन् २००० जुन ९ मा ९२.८ मिलिमिटर र जुन ८ मा ९०.४ मिलिमिटर वर्षा भएको थियो। सन् २०१७ मे ३ मा ८४ मिलिमिटर वर्षा भएको थियो।
दीर्घकालीन अभिलेखअनुसार सिमिकोटमा ४८ वर्षको अवधिमा २४ घण्टामा १०० मिलिमिटरभन्दा बढी वर्षा दुईपटक, ७५ मिलिमिटरभन्दा बढी वर्षा सातपटक र ५० मिलिमिटरभन्दा बढी वर्षा १३ पटक भएको छ।
बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण पछिल्ला तीन दिनदेखि देशका उच्च हिमाली क्षेत्रमा हिमपात तथा पहाडी र तराई भूभागमा वर्षा भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।