काठमाडौं-पेरिस ओलम्पिक २०२४ अन्तर्गत १४औँ दिनको समाप्तिमा अमेरिका ३३ स्वर्ण पदकसहित शीर्ष स्थानमा कायम छ ।
अमेरिकाले हालसम्म ३३ स्वर्ण, ३९ रजत र ३९ कास्यसहित कुल १ सय ११ पदक जितेको छ । उसले १३औँ दिन थप तीन स्वर्ण जितेको हो। शीर्ष स्थानमा टक्कर दिइरहेको चीनले पनि ३३ स्वर्ण जितेको छ तर उसले अमेरिकाभन्दा रजत र कास्य पदक कम जितेकाले दोस्रो स्थानमा छ ।
चीनको नममा ३३ स्वर्ण २७ रजत र २३ कास्य सहित कुल ८३ पदक छ । तेस्रो स्थानमा रहेको अस्ट्रेलियाले १८ स्वर्ण १६ रजत र १४ कास्य सहित कुल ४८ पदक जितेको छ । उसले १३औं दिन थप स्वर्ण जित्न सकेन । १३औं दिन सातौं स्थानमा रहेको जापानले पदक तालिकामा तीन स्थान सुधार गरेको छ । चौंथो स्थानमा उक्लिएको जापानले अहिलेसम्म १६ स्वर्ण, ८ रजत र १३ कनइस सहित कुल ३७ पदक जितेको छ । १४ स्वर्ण २० रजत र २२ कास्य जितेको बेलायत पाँचौं स्थानमा यथावत छ ।
दुई स्थान तल झर्दै छैठौं स्थानमा पुगेको आयोजक फ्रान्सले १४ स्वर्णसहित कुल ५६ पटक हात पारेको छ । दक्षिण कोरिया, नेदरल्यान्ड्स र जर्मनी क्रमशः सातौ आठौं, र नवौं स्थानमा छन् । ११ स्वर्णसहित ३६ पदक जितेको इटाली एक स्थान तल झर्दै १०औं स्थानमा पुगेको छ ।
पेरिस ओलम्पिक २०२४ मा आजसम्म सहभागी २ सय ६ मध्य ६० देशले कम्तिमा १ स्वर्ण पदक जितेका छन् भने ८६ देशले पदकको खाता खोलेका छन् । ३३औं संस्करणको ग्रिस्म कालिन ओलम्पिक अन्तर्गत आज थप ४० स्वर्ण पदकका लागी प्रतिस्पर्धा हुने छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।