डडेल्धुरा- डडेल्धुरामा जीप दुर्घटना भएको छ। बिहीबार दिउँसो डडेल्धुरा सदरमुकामस्थित बसपार्क नजिकै जीप दुर्घटना भएको हो।
सदरमुकामबाट गन्यापधुरा गाउँपालिका गइरहेको सुपप्र ०४००१च ०१३४ नम्बरको जीप नालीमा खसेर दुर्घटना भएको हो।
दुर्घटनामा ४ जना घाइते भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। घाइतेमध्ये एक जना गम्भीर अवस्थामा रहेका छन् भने तीन जनाको अवस्था सामान्य रहेको छ।
घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।