काठमाडौं-पेरिस ओलम्पिक २०२४ अन्तर्गत १२औंं दिनको समाप्तीमा अमेरिका २७ स्वर्ण पदक सहित शीर्ष स्थानमा कायम छ ।
अमेरिकाले हालसम्म २७ स्वर्ण ३५ रजत र ३२ कास्य सहित कुल ९४ पदक जितेको छ । शीर्षस्थानमा कडा टक्कर प्रस्तुत गरिरहेको चिनले २५ स्वर्ण जितेको छ । एसियाली देश चिनले २५ स्वर्ण २३ रजत र १७ कास्य सहित कुल ६५ पदक जितेको छ ।
तेस्रो स्थानमा यथावत अस्ट्रेलियाको नाममा १८ स्वर्ण १२ रजत र ११ कास्य सहित कुल ४१ पदक जितेको छ । आयोजक फ्रान्सले १३ स्वर्ण सहित कुल ५१ पटक हात पारेको छ । १२ स्वर्ण १७ रजत र २० कास्य जितेको ग्रेट ब्रिटेन पाँचौं स्थानमा छ । दक्षिण कोरिया, जापान र इटाली क्रमशः छैठौं, सातौ र आठौं स्थानमा एथावत छन् ।
पेरिस ओलम्पिक २०२४ मा आजसम्म सहभागी २ सय ६ मध्य ५३ देशले कम्तिमा १ स्वर्ण पदक जितेका छन् भने ८० देशले पदकको खाता खोलेका छन् । ३३औं संस्करणको ग्रिस्म कालिन ओलम्पिक अन्तर्गत आज थप ३६ स्वर्ण पदकका लागी प्रतिस्पर्धा हुने छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।