काठमाडौं– नेपालको महिला राष्ट्रिय भलिबल टोली भुटानमा जारी काभा बीच भलिबल च्याम्पियनसिपको फाइनलमा पुगेको छ। कमला पुन र मनिषा चौधरीको जोडीले फाइनलको यात्रा तय गरेको हो।
भुटानको राजधानी थिम्पुमा आज भएको सेमिफाइनल खेलमा पुन र चौधरीको जोडीले उज्वेकिस्तानका खेलाडीलाई २–० सोझो सेटमा पराजित गरेको हो। नेपालले उज्वेकिस्तानलाई २१–१३ र २१–१२ अङ्कले हराएको हो।
यस्तै पुरुषतर्फ मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले आजै माल्दिभ्ससँग सेमिफाइनल खेल खेल्दै छ। उक्त प्रतियोगितामा पुरुषतर्फ १० तथा महिलातर्फ सात टोली सहभागी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।