काठमाडाैं- कैलाश विकास बैंक लिमिटेडले कञ्चनपुर जिल्लाको महेन्द्रनगर, सुर्खेत जिल्लाको विरेन्द्रनगर र सुर्खेत जिल्लाकै छिन्चुमा गरी तीन शाखा विस्तार गरेको छ।
_x000D_
_x000D_
प्रदेश ७ का प्रदेश सभासद श्री लालबहादुर खड्काले कञ्चनपुर शाखाको विरेन्द्रनगर शाखाको शुभारम्भ गरेका छन् भने विरेन्द्रनगर नगरपालिकाका मेयर श्रीदेव कुमार सुवेदीले विरेन्द्रनगर शाखाको शुभारम्भ गरेका हुन्। यसैगरी भेरीगंगा नगरपालिकाका मेयर श्री भुपेन्द्रबहादुर चन्दले छिन्चु शाखाकाे शुभारम्भ गरे। उनीहरुले छुट्टा–छुट्टै समारोहका बीच शाखाको उद्घाटन गरेका हुन्।
_x000D_
_x000D_
नयाँ ३ शाखासहित बैंकका ७० शाखा पुगेका छन्। बैंकले छिट्टै बांके जिल्लाको नेपालगंज, दाङ जिल्लाको तुल्सीपुर, झापाको बिर्तामोड, सुनसरीको धरान तथा अन्य विभिन्न स्थानमा २१ वटा शाखा संचालन गर्ने तयारी गरिरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।