काठमाडौँ- सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल पुगेका छन्।
बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सौर्य एयरको ९–एनए एमई विमान दुर्घटनामा परेका शाक्यको स्वास्थ्य अवस्था बुझ्न साँझ प्रधानमन्त्री ओली सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी) पुगेका हुन्।
शाक्यको अवस्था ‘खतरामुक्त’ रहेको काठमाडौँ मेडिकल कलेजले जनाएको छ। उनको शरीरमा जलन नभएपनि चोटमात्र देखिएको अस्पतालको भनाइ छ।
विमानमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको छ। पाइलट शाक्यको मात्र सकुशल उद्धार गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।