काठमाडौँ- गत जेठ २८ गते यता बाढी-पहिरो लगायतका विपद्मा परी एक सय ३३ जनाको मृत्यु भएको छ। सो अवधिमा १४५ जना घाइते भएका छन् भने सिमलताल घटनाबाहेक सात जना बेपत्ता रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँ उपत्यकामा दुई, कोशी प्रदेशमा २२, मधेस प्रदेशमा छ, बागमती प्रदेशमा २५, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा सात र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको बताए।
उनका अनुसार काठमाडौँ उपत्यकामा ९, कोशी प्रदेशमा ३४, मधेस प्रदेशमा ९, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा २९, लुम्बिनी प्रदेशमा ९, कर्णाली प्रदेशमा ३४ र सुदूरपश्चिम प्रदेशमा १४ गरी एक सय ४५ जना घाइते भएका छन्।
काठमाडौँ उपत्यकामा एक, कोशी प्रदेशमा ४९, गण्डकी प्रदेशमा १२ र सुदूरपश्चिम प्रदेशमा पाँच गरी ६७ जनाको उद्धार गरिएको छ। बाढीपहिरोमा परी सात जना बेपत्ता रहेको जनाइएको छ। उक्त अवधिमा विपद्का घटनाबाट चार हजार १८ परिवार विस्थापित भएको कार्यालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।