काठमाडौँ- बाढी, पहिरो लगायतका विपद्मा परी सोबार दिउँसोसम्म मुलुकभर एक सय ३१ जनाको मृत्यु भएको छ। विपद्मा परी काठमाडौँ उपत्यकामा दुई जना, कोशी प्रदेशमा २२, मधेसमा पाँच, बागमतीमा २५, गण्डकीमा ३८, लुम्बिनीमा २३, कर्णालीमा सात र सुदूरपश्चिम प्रदेशमा ९ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।
विपद्मा परी एक सय ४४ जना घाइते भएका छन्। घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। कोशीमा ४९, गण्डकीमा १२ र सुदूरपश्चिममा प्रदेशमा पाँच गरी जम्मा ६६ जनाको उद्धार गरिएको छ।
बाढी पहिरामा परी कोशी र बागमतीमा दुई/दुई तथा मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक/एक गरी ९ जना बेपत्ता भएका छन्। बेपत्ताको खोजीकार्य जारी छ।
बाढीका कारण जम्मा एक सय ८२ घर डुबानमा परेका छन्। दुई सय ३१ वटा घर, ८४ वटा गोठ, ४३ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ। पाँच सय ९४ वटा पशु चौपाया मरेका छन्। उक्त अवधिमा विपद्का घटनाबाट चार हजार चार घर परिवार विस्थापित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।