काठमाडौँ- मुग्लिङ-मलेखु सडकखण्डको फिस्लिङमा गएको पहिरो पन्छाएपछि दुईतर्फी यातायात सञ्चालनमा आएको छ। चितवनको इच्छाकामना गाउँपालिका-६ फिस्लिङमा खसेको पहिरो पन्छाएर पृथ्वी राजमार्गको यातायात दुईतर्फी सञ्चालनमा ल्याइएको हो।
मुग्लिन-मलेखु सडक खण्डअन्तर्गत फिस्लिङमा सोमबार बिहान ४:४५ बजे खसेको पहिरोले यातायात अवरुद्ध भएको थियो। बिहान ८ बजे पहिरो पन्छाइसकिएपछि राजमार्ग सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख निरला भण्डारीले जानकारी दिइन्।
उनका अनुसार बिहान ६ बजेदेखि पहिरो पन्छाउन थालिएको थियो। ‘पहिरो पन्छाएपछि राजमार्ग पूर्ववत् अवस्थामा सञ्चालनमा आएको छ। अहिले त्यस्तो धेरै वर्षा पनि छैन,’ उनले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।