काठमाडौँ- चितवनको फिस्लिङमा पहिरो खस्दा मुग्लिन-काठमाडौं सडकखण्ड पूर्ण रुपमा अबरुद्ध भएको छ। सोमबार बिहान पौने पाँच बजेतिर सडकमा पहिरो खस्दा दुईतर्फी सडक अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ।
पहिरोका कारण पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण सवारी साधन बीचैमा रोकिएका छन्। बिहान साढे पाँच बजेदेखि पहिरो पन्छाउने काम जारी रहेको प्रहरीको भनाइ छ।
पहिरो पन्छाएर बाटो खुलाउन अझै केही घण्टा लाग्ने प्रहरीको अनुमान छ। बाटो बन्द भएपछि सवारी साधनहरुको लामो लाइन लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।