काठमाडौं– माओवादी केन्द्रका शीर्ष नेता नारायणकाजी श्रेष्ठले गोलाकारभित्रको हँसिया–हथौडा चिह्नमै चुनाव लड्ने बताएका छन्।
नेपाल लाइभसँगको कुराकानीमा नेता श्रेष्ठले एमालेसँगको पार्टी एकताले मूर्तरुप नलिएसम्म आफ्नै चुनाव चिह्नमा चुनाव लड्ने बताएका हुन्।
‘हामी आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन आफ्नै चुनाव चिह्नमा लड्छौं’, उनले भने।
एमालेको सूर्य चिह्नमा चुनाव लड्ने निर्णय गरेकाले नयाँशक्ति संयोजक बाबुराम भट्टराईलाई गोरखा–१ छाड्न नसकिएको उनले बताए । नेता श्रेष्ठ गोरखा–२ बाट प्रतिनिधि सभाको चुनाव लड्दै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।