काठमाडौं– साताको पहिलो कारोबारको दिन नेप्से परिसूचक २ दशमलब ६१ अंकले बढेर १ सय २ सय ५७ दशमलब ६८ अंकले बढेको छ।
_x000D_
_x000D_
‘क’ वर्गका कम्पनीहरु मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलब ८२ अंकले बढेर २ सय ६६ दशमलब ९१ को बिन्दूमा आइपुगेको छ। आइतबार १ सय ६७ कम्पनीको ६९ करोड ३६ लाख ६१ हजार २ सय ५६ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
_x000D_
_x000D_
आइतबार ५ समूहको सेयर मूल्य घटेको छ भने ६ समूहको सेयर मूल्य बढेको छ। यसदिन सर्वाधिक निर्जीवन बिमा समूहको सेयर मूल्य सर्वाधिक ६२ दशमलब ६३ अंकले घटेको छ। त्यस्तै जीवन बिमा समूहका लगानीकर्ताले २३ दशमलब ४७ अंकको गिरावट व्यहोर्नु परेको छ।
_x000D_
_x000D_
साताको पहिलो कारोबारको दिन ट्रेडिङ समूह अन्तर्गतका लगानीकर्तालाई ९ दशमलब ७१ अंकको नाफा हात लागेको छ। त्यस्तै बैंकिङ समूहको नाफा ८ दशमलब ८४ अंकले बढेको छ।
_x000D_
_x000D_
आइतबार सर्वाधिक कमाउनेमा साल्ट ट्रेडिङका लगानीकर्ता रहेका छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३० रुपैयाँले बढेर ३ सय ६४ रुपैयाँ पुगेको छ। त्यस्तै प्रभु बैंकको सेयर लगानीकर्ताले प्रतिकित्ता १४ रुपैयाँ कमाएका छन्।
_x000D_
_x000D_
यता सर्वाधिक गुमाउनेमा कालिका लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले १ सय ३ रुपैयाँ गुमाएका छन्। त्यस्तै स्वरोजगार लघुवित्त विकास बैंकका लगानीकर्ताले प्रतिकित्ता ३७ रुपैयाँ कमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।