काठमाडौँ- द्वारिकाज होटल तथा रिसोर्टकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ। ९१ वर्षीया श्रेष्ठको उपचारको क्रममा बिहीबार ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो।
निमोनियाबाट पीडित श्रेष्ठ दुई महिनायता उपचाररत थिइन्। शुक्रबार पशुपति आर्यघाटमा उनको दाहसंस्कार गरिने परिवारले जनाएको छ।
६५ वर्षदेखि होटल तथा पर्यटन उद्योगमा सक्रिय श्रेष्ठले सन् १९९१ देखि पूर्ण रूपमा द्वारिकाजको जिम्मेवारी सम्हाल्दै आएकी थिइन्। श्रेष्ठले चार वर्षअघि क्यान्सरलाई जितेकी थिइन्। उनका दुई छोरी छन्।
श्रेष्ठले द्वारिकाजको नाममा काठमाडौं र धुलिखेलमा होटल चलाउँदै आएकी थिइन्। उनले विभिन्न ट्राभल एजेन्सी समेत चलाइरहेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।