रुकुमपश्चिम- रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१२ मा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ। सिलागाउँका ५५ वर्षीय चन्द्रे पुनको बिहीबार खोलाले बगाउँदा मृत्यु भएको हो।
काफचौर तर्ने क्रममा खोलाले बगाउँदा पुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठबिसकोटका प्रहरी निरीक्षक नवीन मरासिनीले जानकारी दिए। उनको शव ढुङ्गा र माटोले पुरिएको अवस्थामा फेला परेको छ।
यसअघि सोमबार राति आएको बाढीले सोही वडाको झिनचौरमा तीन बालिकाको मृत्यु भएको थियो। खोलाले बगाउँदा एक जना अझै बेपत्ता छन्। बाढीका कारण सो क्षेत्रमा भौतिक संरचनामा अत्यधिक क्षति पुगेको।
- रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।