सुर्खेत- साउने सङ्क्रान्ति तथा देउडा पर्वका अवसरमा कर्णाली प्रदेश सरकारले भोलि साउन १ गते सार्वजनिक बिदा दिएको छ।
गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कर्णालीमा साउन १ गते बिदा दिने निर्णय गरेको थियो।
उक्त निर्णयअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गरी साउन १ गते सार्वजनिक बिदाको घोषणा गरेको हो।
-रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।