काठमाडौँ- नारायणी नदीमा हराइरहेकामध्ये थप चार जनाको शव फेला परेको छ। पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका- ७ गण्डक नहरमा दुई, पश्चिम नवलपरासीको सुस्तामा एक र भरतपुर महानगरपालिका २६ सिसुवामा एउटा शव फेला परेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।
भेटिएका चारै वटा शवको सनाखत हुन बाँकी रहेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले बताए।
यसअघि पाँच शव फेला परेको थियो। नदी किनारका विभिन्न स्थानमा भेटिएका पाँच वटै शवको सनाखत भइसकेको छ।
मुग्लिङ-नारायणगढ सडक खण्डस्थित चितवनको सिमलतालमा पहिरोले बगाएर दुई वटा बस त्रिशुली नदीमा बेपत्ता भएका थिए। हराएको बस र यात्रु खोजी कार्य जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।