• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

कूल बजेट खर्च ८० प्रतिशत पुर्‍याउन सरकारलाई हम्मे

64x64
कल्पना घिमिरे मंगलबार, असार २५, २०८१  २०:२७
1140x725

काठमाडौं– सरकारले चालू आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ  कूल बजेट विनियोजन गरिएको थियो। हालसम्म कूल बजेटको ७७.४४ प्रतिशतमात्रै बजेट खर्च भएको छ।

ठूलो आकारको बजेट ल्याएको सरकारलाई कूल बजेट खर्च ८० प्रतिशत पुर्र्याउन पनि हम्मेहम्मे परेको देखिएको छ। असार २५ गतेसम्ममा कूल बजेटको १३ खर्ब ५६ अर्ब २१ करोड ५२ लाख रुपैयाँ मात्र खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकमा उल्ले छ।

जसमध्ये आर्थिक वर्ष सकिँदै गर्दा (असार २५ गतेसम्म) ८१.७९ प्रतिशत चालू खर्च गरेको छ भने जम्मा ५७ प्रतिशत मात्रै पुँजीगत खर्च (विकास खर्च) गरेको छ। यस्तै वित्तीय व्यवस्थापन तर्फ पनि ८१.४ प्रतिशत खर्च भएको कार्यालयको तथ्यांकमा उल्लेख छ।

चालू वर्ष सरकारले ३ खर्ब २ अर्ब ७ करोड ७४ लाख रुपैयाँ पुँजीगत खर्चको लक्ष्य राखेको थियो। तर पुँजीगत खर्च लक्ष्यको १ खर्ब ७२ अर्ब ९ करोड २२ लाख रुपैयाँ अर्थात् ५६.९७ प्रतिशत मात्रै खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।

चालु खर्च भने यस वर्ष ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख  रुपैयाँ चालु खर्चको लक्ष्य राखेको थियो। सो लक्ष्यको ९ खर्ब ३३ अर्ब ८५ करोड ५४ लाख रुपैयाँ अर्थात् ८१.७९ प्रतिशत चालु प्रकृतिको खर्च भइसकेको छ।

वित्तीय व्यवस्थातर्फ समेत २५ असारसम्म लक्ष्यको ८१.४ प्रतिशत खर्च भइसकेको छ। यस वर्ष सरकारले वित्तीय व्यवस्थामा ३ खर्ब ७ अर्ब ४५ करोड ३६ लाख रुपैयाँको लक्ष्य राखेको छ, जसमध्ये मंगलबार बिहानसम्म २ खर्ब ५० अर्ब  २६ करोड ७६ लाख रुपैयाँ खर्च गरिसकेको छ।

२५ दिनमा साढे १३ खर्ब बजेट खर्च
सरकारले २५ दिनमा साढे १३ खर्ब बजेट खर्च गरेको छ। असार १ गतेदेखि   २५ गतेसम्ममा १३ खर्ब ५६ अर्ब २१ करोड रुपैयाँ बजेट खर्च गरेको छ। असार १ गतेसम्म ११ खर्ब ८१ अर्ब २९ करोड खर्च भएको तथ्यांक थियो। बाँकी २५ दिनमा सरकारले १ खर्ब ७४ अर्ब ९२ करोड रुपैयाँ खर्च गरेको छ।

आर्थिक वर्ष सकिनै लागेको कारण सरकारले  वर्षभरीको भुक्तानी  असार महिनामा आएर गरेको देखिएको छ। यस्तै अहिले सरकारी खाता बन्द भइसकेको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धित नियमावलीको प्रावधान अनुसार आर्थिक वर्ष समाप्त हुनु एक साता अगाडि नै सरकारले भुक्तानी बन्द गरिसक्नु पर्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

नियमावली अनुसार अबको एक सातामा सरकारले आफूसँग बिल आइसकेको मात्र थप भुक्तानी गर्नेछ। यसबाहेक अत्यावश्यक भुक्तानीको बाटो भने खुला नै छ। पछिल्लो प्रवृत्तिले असारमा भुक्तानी कम गराउने सरकारको घोषणा पुनः नारामै सीमित हुन पुगेको छ। हरेक आर्थिक वर्षमा सरकारले पुँजीगत खर्चको ३० प्रतिशत माथि भुक्तानी असारमा गर्दै आएको छ।

राजस्व संकलनमा लक्ष्य भेट्टाउन सकेन
सरकारले चालू वर्षमा पनि राजस्व संकलनमा लक्ष्य भेट्टाउन नसकेको कार्यालयको तथ्यांकले देखएको छ। राजस्व चालू वर्ष राजस्व संकलन भने लक्ष्यभन्दा धेरै टाढा रहने देखिएको छ। असार २५ गतेसम्म सरकारले ९ खर्ब ८९ अर्ब रुपैयाँ मात्र राजस्व उठाउन सकेको छ।

यो वर्षको लक्ष्य भने १४ खर्ब २२ अर्ब  ५४ करोड १७ लाख रुपैयाँ रहेको थियो। तर लक्ष्यको ६९.५९ प्रतिशत मात्र राजस्व संकलन गरेको महालेखा नियन्त्रक कार्यालयको तथ्यांकमा उल्लेख छ। लक्ष्यअनुसार राजस्व संकलन गर्न नसक्दा सरकारले ऋणको भर मा खर्च जुटाउन बाध्य छ। 

यस्तै वैदेशिक अनुदानसमेत लक्ष्यको झिनो हिस्सा मात्रै प्राप्ती भएको छ।  असार २५ गतेको कार्यालयको तथ्यांकअनुसार वैदेशिक अनुदान ४९ अर्ब ९४ करोड आउने अनुमान गरिएकोमा मात्र २ अर्ब ७५ करोड प्राप्त भएको पाइएको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

साढे ३ खर्ब बढी बजेट घाटामा 
यो वर्ष पनि सरकार साढे ३ खर्ब बजेट घाटामा रहेको पाइएको छ। चालु आर्थिक वर्षभरीमा सरकारले उठाएको राजस्व र खर्चको स्थितिलाई हेर्दा सरकार ३ खर्ब ५३ अर्ब ५२ करोड ८५ लाख रुपैयाँ घाटामा गएको पाइएको हो।

असार मसान्तसम्म कूल १० खर्ब २ अर्ब ६८ करोड ६७ लाख रुपैयाँ राजस्व  संकलन हुनेछ भने असार २५ गतेसम्म १३ खर्ब ५६ अर्ब २१ करोड ५२ लाख रुपैयाँ बजेट खर्च गरेको छ। सोही आधारमा यस्तो देखिएको हो।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन अनुसार सरकारले आर्थिक वर्षको अन्तिम महिनाको कम्तीमा एक हप्ता अघि भुक्तानी रोक्नुपर्ने व्यवस्था छ। तर राजस्वभने असार मसान्तसम्ममै संकलन गरिने व्यवस्था रहेको छ। 

८० प्रतिशत बजेट खर्च कटाउन सरकारलाई हम्मे
सरकारले हरेक वर्ष ठूलो आकारको बजेट ल्याउने गरेको छ। तर सो बजेट शत प्रतिशत खर्च भने हुन नसकेको तथ्यांकले देखाउँछ। पछिल्लो ५ वर्षमा सरकारले ल्याएका बजेट ८० प्रतिशत पनि खर्च गर्न भने हम्मे देखिएको छ। आर्थिक वर्ष ०७७/०७८ देखि चालू वर्ष सम्म बजेट खर्च कटाउन सरकारलाई हम्मे परेको छ।

गत आर्थिक वर्ष २०७९/०८० मा सरकारको कूल बजेटको ७९.६९ प्रतिशत बजेट खर्च भएको थियो। गत आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँ कूल बजेट छुट्याएकोमध्ये असार अन्तिमसम्ममा १४ अर्ब २९ अर्ब ५६ करोड ४० लाख रुपैयाँ सरकारले खर्च गरेको उल्लेख छ। 

यस्तै सो वर्ष चालू खर्च ८५ प्रतिशत पुँजीगत खर्च ६१.४४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फको खर्च ८२.५८ प्रतिशत भएको कार्यालयको तथ्यांकमा उल्लेख छ। 
आर्थिक वर्ष २०७८/०७९ मा ७९.७ प्रतिशत बजेट खर्च भएको छ। सो वर्ष १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख रुपैयाँको कूल बजेट विनियोजन गरिएको थियो भने १३ खर्ब १ अर्ब४२ करोड ५४ लाख रुपैयाँ बजेट खर्च भएको थियो। जसमध्ये चालू तर्फ ९०.७६ प्रतिशत पुँजीगततर्फ ५७.१८ प्रतिशत र वित्तीय व्यवस्थापन तर्फ ६२.५ प्रतिशत बजेट खर्च भएको कार्यालयको तथ्यांकमा उल्लेख छ।

आर्थिक वर्ष २०७७/०७८ मा ८०.०८ प्रतिशत कूल बजेट खर्च भएको थियो। सो वर्ष १४ खर्ब ७४अर्ब ६४ करोड ५४ लाख रुपैयाँको कूल बजेट विनियोजन गरिएको थियो। सो वर्ष ११ खर्ब ८० अर्ब ९५ करोड २९ लाख रुपैयाँ बजेट खर्च भएको तथ्यांकमा उल्लेख छ। जसमध्येबाट चालू खर्चतर्फ ८९.७५ प्रतिशत, पुँजीगत खर्च ६४.६९ प्रतिशत र वित्तीय व्यवस्थापन तर्फ ५८.४४ प्रतिशत बजेट खर्च भएको थियो।

प्रकाशित मिति: मंगलबार, असार २५, २०८१  २०:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
चिनियाँबाट बरामद साढे २१ किलो सुन प्रहरीले भन्सारमा बुझायो अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार भन्सार कार्यालयमा बुझाए पनि सुन तस्करीको थप सञ्जाल  पत्ता लगाउन प्रहर... सोमबार, असोज २६, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। सोमबार, असोज २६, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्