चितवन- चितवनको ऐतिहासिक दियालो बंगला दरबार सर्वसाधारणका लागि खुला गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तमाङले आइतबारदेखि दियालो बंगला खुला गरेका हुन्।
२०१९ सालमा निर्माण भएको यो दरबार नेपाल ट्रष्ट र भरतपुर महानगरको पहलमा सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको हो।
नेपाल ट्रष्टको स्वामित्वमा रहेको दियालो बंगला तत्कालीन राजा महेन्द्रले निर्माण गरेका थिए। भरतपुर वडा नम्बर १ मा रहेको यो दरबारमा राजा महेन्द्रको निधन भएकाले ऐतिहासिक मानिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।