• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, साउन ३१, २०८३ Sun, Aug 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सुदूरपश्चिममा छैन विपद पूर्वतयारी, मन्त्रीविहीन आन्तरिक मामिला तथा कानुन मन्त्रालय, मुख्यमन्त्रीलाई चासो छैन परिषद्को बैठकको

64x64
शेरबहादुर ऐर शुक्रबार, असार २१, २०८१  १२:४०
1140x725

धनगढी– सुदूरपश्चिम प्रदेशमा बर्सेनि विपद्बाट भौतिक तथा मानवीय क्षति हुने गरेको छ। विपद्बाट हुने क्षति न्यूनीकरण गर्न विपद् पूर्वतयारी तथा कार्ययोजनाको आवश्यक पर्छ। तर, सुदूरपश्चिम प्रदेश सरकार र मातहातका जिल्ला प्रशासन कार्यालयले सो योजना तयारी गर्न सकेका छैनन्।

कार्ययोजना तयारी आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गर्नुपर्ने हुन्छ। प्रदेश विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिका संयोजक आन्तरिक मामिला तथा कानुनमन्त्री छन्। उनको सिफरिशमा प्रदेश विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन परिषदले कार्ययोजना तयार गरि लागू गर्नुपर्छ। परिषदका संयोजक मुख्यमन्त्री रहने व्यवस्था रहेको छ।

सत्ता समीकरण फेरबदलसँगै बिहीबार प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले पदबाट राजीनामा दिएका छन्। मन्त्रीको राजीनामासंगै सो कार्ययोजनामा छलफल अघि बढ्न नसकेको मन्त्रालयले जनाएको छ। प्रदेशका मुख्यमन्त्री दिर्घबहादुर सोडारी पार्टीको अधिवेशनका लागि काठमाडौंमा व्यस्त छन्।

प्रदेशको तराई क्षेत्रमा बाढी तथा डुबान र पहाडी क्षेत्रमा पहिरो तथा प्रदेशका नौवटै जिल्लामा चट्याङ, हावाहुरी, आगलागीलगायतका विपद् र वन्यजन्तु आक्रमणबाट पनि अन्नबाली तथा मानवीय क्षति हुँदै आएको छ।

प्रदेशका सात पहाडी जिल्लामा बाढी तथा पहिरो र तराईमा बाढी तथा डुवानसँगै चट्याङ, आगलागी, वन्यजन्तु आक्रमणलगायतका घटनाबाट मानविय तथा भौतिक संरचनामा क्षति हुने गरेको छ।
मंगलबार आएको भारी वर्षाका कारण कैलालीमा एक महिला र बिहिबार सेति नदीले बगाएर बझाङमा एक पुरुषको मृत्यु भइसकेको छ।

प्रदेशमा विपदका घटनाबाट दैनिकजसो जनजिवन प्रभावित हुँदै आएको छ। प्रदेशको आपत्तकालीन कार्य सञ्चालन केन्द्रका अनुसार २०८० साउन देखि २०८१ असार २० गतेसम्म विपदका घटना पाँच सय ८७ भएका छन्। जसमा २० पुरुष र २१ महिला गरि ४१ जनाको मृत्यु भएको छ।

यसअवधिमा एक सय १३ महिला र ७६ पुरुष गरि एक सय ८१ जना घाइते भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। प्रदेशमा सबैभन्दा बढी आगलागीका घटनामा परि ११ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन्।

प्रदेशमा विपदको सबैभन्दा दोस्रो बढी घटना सर्पदंश रहेको छ। सर्पदंशबाट सात जनाको मृत्यु भएको छ भने ८१ जना घाइते भएका छन्। प्रदेशमा बाढीका ३६ घटना भएका छन्। जसमा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

यस्तै हावाहुरीमा चार, चट्याङ्गमा सात जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
विपद क्षेत्रमा काम गर्दै आएका उत्तम जोशीले तराईमा डुबान तथा बाढी र पहाडमा पहिरोका घटनाहरु बढिरहेको बताए। वातावरणीय प्रभाव मूल्यांकनबिनै बनाइएका भौतिक संरचनाका कारण पनि विपद्जन्य क्षति बढ्दै गएको उनको भनाइ छ।

उनले भने, ‘पहाडमा सडक निर्माणका नाममा मनलाग्दी सडक खन्ने, कमजोर भूबनोटमा ठूला मेसिन लगाउने र अनियन्त्रित नदीजन्य पदार्थ उत्खननका कारण पनि बाढी तथा पहिरोका घटना बढिरहेका छन्।’

राष्ट्रिय आपत्तकालिन कार्यसञ्चालन केन्द्रका अनुसार यस वर्षको वर्षातमा सुदूरपश्चिम प्रदेशमा पाँच हजार पाँच सय घरपरिवार प्रत्यक्ष प्रभावित हुने उल्लेख छ भने एक हजार पाँच सय परिवारलाई उद्दार तथा राहत दिनुपर्ने उल्लेख छ। सो केन्द्रका अनुसार प्रदेशमा पछिल्लो दश वर्षमा बाढीबाट एक सय ११, पहिरोबाट एक सय ८०, अत्याधिक वर्षाबाट १३ र चट्याङ्गबाट ८४ जनाको मृत्यु भएको उल्लेख छ।

भनिएको छ –‘नौ जिल्लामध्ये अछाम जिल्ला मनसुनको अवधिमा बहुप्रकोपीय विपदबाट सबैभन्दा मानविय क्षति व्यहोर्ने जिल्लामा पर्दछ।’

वर्षेनि डुब्छ कैलालीको दक्षिण पूर्वि क्षेत्र
कैलालीको दक्षिण पूर्वी क्षेत्र वर्षेनि डुवान तथा कटानको जोखिममा पर्ने गरेको छ। कर्णाली, कन्द्रा र काढा लगायतका नदीको बाढी बस्तीमा पसेपछि विस्थापित तथा सुरक्षित आवास खोज्दै सडक क्षेत्रमा बस्नुपर्ने बाँध्यता रहेको छ। 

मंगलबार परेको वर्षाका कारण कैलालीको कैलारी, भजनी, घोडाघोडी, लम्की चुहा, जोशीपुर, धनगढी लगायतका क्षेत्र जलमग्न भएका छन्। घर डुबानमा परेपछि विचल्ली भएको छ। कैलालीको भजनीमा सबै वडा बाढीले जलमग्न भएका नगर प्रमुख केवल चौधरीले जानकारी दिए।

बाढी बस्तीमा पसेपछि तीन हजार बढी घर डुबानमा परेका उनले जानकारी दिए। ‘वडा नं १ देखि ९ सम्म सबै वडामा रहेका घर डुबानमा परेका छन्, यसरी बाढी घरमा पसेपछि नागरिक आफन्तको घर, उच्च घर, सडकमा निस्केका छन’, नगरप्रमुख चौधरीले भने, ‘डुबान क्षेत्रका केही परिवार वनमा बसेका थिए, केही दिनअघि वन विभागले टहरा हटायो, अब कहाँ बस्नुस् भन्ने। पालिकाले हजारौँ परिवार उद्धार गर्नसक्ने अवस्था पनि छैन।’

हरेक वर्ष बाढी आउने भजनीमा सबै वडा डुबानमा परेपछि पालिकालाई उद्धारमा समेत समस्या हुने गरेको छ। भजनी नगरपालिका मोहना, पथरैया, कन्द्रा र काढा नदीको चपेटामा पर्ने गर्दछ। ‘अहिलेसम्म धनजनको क्षतिको खबर छैन, घरमा पानी पसेकाले मानिसका लुगाकपडा, भाडाकुँडा, खाद्यान्न भिजेका, बगेकाजस्ता क्षति भएका छन’, नगर प्रमुख चौधरी भन्छन् ‘पालिका मात्रले कहाँ–कहाँ उद्धार गर्ने, कसरी व्यवस्था गर्ने ? हामी त समस्यामा पर्‍यौं।’

बाढी घरमा पसेपछि वडा नं २ का सन्देश चौधरीको परिवार बुधबार दिउँसोदेखि सडकमा बसेको छ। ‘घरमा भएमा सबै सामान भिजेर नष्ट भए, हामी ज्यान बचाउन घर छोडेर निस्कियौँ’, उनले भने, ‘सरकारले हामीलाई सुरक्षित बस्ने वातावरण बनाउनुपर्‍यौं।’

मानवीय निर्मित संरचनाले निम्त्याउँदै जोखिम
कैलालीका दक्षिण पूर्वी क्षेत्रमा निर्मित हुलाकी सडकका कारण पनि डुवानको जोखिम बढेको राष्ट्रिय आपत्तकालिन कार्य सञ्चालन केन्द्रले तयार पारेको विपद पूर्वतयारी तथा कार्ययोजनामा उल्लेख छ।

वडा तथा बस्ती जोड्ने सडक सञ्जाल विपदमैत्री नबन्दा डुवानको जोखिम बढ्दै गएको जनाइएको छ। 
जोशी भन्छन् –‘तराइमा डुवान तथा कटान हुनु एकैमात्र कारण छैन्। यहाँ थुप्रै समस्या छन्। केही प्राकृतिक कारण भएपनि अधिकाँस मानविय कार्यले बढी जोखिम निम्त्याएको छ।’ उनका अनुसार जथाभावी नदीजन्य पदार्थ उत्खन्न, विपदमैत्री विकास निर्माणमा ध्यान नदिनु, खोला नजिक घर निर्माण गरि बस्नु लगायत मानविय त्रृटी रहेका छन्।
 

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १२:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
डिडानको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित शनिबार काठमाडौँमा भएको संघको चौँथो साधारणसभाले गहतराजको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो। आगामी दुई वर्षका लागि निर्... शनिबार, साउन ३०, २०८३
नेपाल–भारतले एकअर्काका नागरिकले भोगचलन गरेको जग्गा नापजाँच गर्ने नापी विभागका अनुसार दुवै देशका नागरिकले सीमा क्षेत्रमा एकअर्काको भूभागमा पर्ने जग्गा भोगचलन गर्दै आएका छन्। प्रविधिको प्रयोग गरी त्य... शनिबार, साउन ३०, २०८३
भोलि उपत्यकाका कुन–कुन स्थानमा ग्यास वितरण हुँदैछ? जिल्ला प्रशासन कार्यालय काठमाडौं र नेपाल आयल निगमको समन्वयमा ग्यास उद्योगीहरूले तोकिएका बिक्री केन्द्रबाट उपभोक्तालाई ग्यास उपलब्ध ग... शनिबार, साउन ३०, २०८३
ताजा समाचारसबै
डिडानको अध्यक्षमा कृष्ण गहतराज निर्वाचित, पहाडी-विश्वकर्मा र गुरुङ सम्मानित शनिबार, साउन ३०, २०८३
नेपाल–भारतले एकअर्काका नागरिकले भोगचलन गरेको जग्गा नापजाँच गर्ने शनिबार, साउन ३०, २०८३
सरकारको छानबिनप्रति ओलीको व्यङ्ग्य: जरिकोटको धागो कहाँबाट आयो भनेर पनि सोधे शनिबार, साउन ३०, २०८३
भोलि उपत्यकाका कुन–कुन स्थानमा ग्यास वितरण हुँदैछ? शनिबार, साउन ३०, २०८३
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
जनआस्थाको समाचारबाट आफू पनि पीडित भएको महिला आयोग अध्यक्ष पराजुलीको दाबी शुक्रबार, साउन २९, २०८३
उत्तर कोरियाले दियो ‘नयाँ प्रतिरोध’ को चेतावनी शुक्रबार, साउन २९, २०८३
देउवालाई रेड कार्ड देखाउने विश्वप्रकाशको चेतावनी शनिबार, साउन ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
ललितपुरको कुसुन्तीबाट पत्रकार किशोर श्रेष्ठ पक्राउ बुधबार, साउन २७, २०८३
पत्रकार किशोर श्रेष्ठ पक्राउबारे के भन्छन् प्रहरी प्रवक्ता? बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्