काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले चोरीका सामान बिक्री गर्ने व्यापारीलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन्।
_x000D_
_x000D_
अर्थमन्त्री खतिवडाले सुन, गाडी वा अन्य कुनै पनि चोरी गरेर ल्याइएको सामान बिक्री गरे सरकारले त्यस्ता व्यापारीलाई कडा कारबाही गर्ने चेतावनी दिएका हुन्। शनिबार काठमाडौंमा आयोजित नेपाल खुद्रा व्यापार संघको ३९औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले सरकारले इमान्दार व्यापारीलाई मात्रै संरक्षण दिने पनि स्पष्ट पारे।
_x000D_
_x000D_
अर्थमन्त्री खतिवडाले राजनीतिक संरक्षणको आधारमा भन्सार कर छली गर्ने व्यापारीलाई सरकार दोब्बर कारबाहीको दायरामा ल्याउन बाध्य हुने पनि स्पष्ट पारे। विगतमा राजनीतिक संरक्षणको आधारमा भन्सार कर छली हुने गरेको पाइएको उल्लेख गर्दै अब त्यस्तो हुन नदिइने दृढता मन्त्री खतिवडाले व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।