गुलरिया- बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गेरुवा गाउँपालिका–३ गणेशपुरका रोहित थारु रहेका छन्।
गेरुवा गाउँपालिका–३ स्थित आफ्नै खेतमा जोतिरहेको समयमा उनको चट्याङ लागेर मृत्ु भएको प्रहरीले जनाएको छ।
चट्याङ लागेर घाइते थारुको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारका क्रममा सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।