• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

भान्सामै रहेछन् यतिका औषधि

64x64
नेपाल लाइभ सोमबार, असार १०, २०८१  ०८:००
1140x725

हामीले भान्सामा मसलाका रुपमा प्रयोग गर्ने धेरै खानेकुरा औषधि भएको थोरैलाई मात्र जानकारी हुन्छ। जिब्रोको स्वादका लागि आवश्यक ठानिएका ती मसलाले  तन्दुरुस्त रहन सघाइरहेका हुन्छन्। जानौँ, हाम्रा भान्सामा दैनिक प्रयोग हुने कुन मसला कुन रोगका लागि लाभदायी हुन्छ।

लसुन
लसुनलाई खाना स्वादिष्ट बनाउने मसला मात्रै ठान्नु लसुनप्रतिको ठूलो अन्याय हो। मानव स्वास्थ्यका लागि धेरै लाभदायी गुण हुन्छन् लसुनसँग। एसिडिटीको समस्यामा यसको प्रयोग असाध्यै लाभदायी मानिन्छ। लसुनले उच्च रक्तचाप कन्ट्रोल गर्न मद्दत गर्छ। यसले रगत प्रसारणमा नियन्त्रण गरेर कतिपय अवस्थामा मुटुका रोग लाग्नबाट समेत जोगाउँछ। पेटका रोग जस्तै डाइरियाका लागि यसको प्रयोग असाध्यै प्रभावकारी ठानिएको छ। त्यसैगरी प्राचन प्रक्रियालाई यसले सघाउँछ। आत्तिने वा तनावबाट सिर्जना हुने एसिडिटी कन्ट्रोल गर्न पनि काम आउछ।

लसुनमा रहेको डिटक्सिफिकेसन गुणका कारण विश्वमैं वैकल्पिक चिकित्सामा यसलाई सबभन्दा राम्रो खाद्य सामग्री मानिएको हो। यो त्यति  शक्तिशाली हुन्छ, कतिपय परजीवीलाई शरीर भित्रै सिध्याइदिन्छ। मधुमेह र कति प्रकारका क्यान्सर समेत निको गर्न यसले मद्दत गर्छ। लसुन श्वासप्रश्वास प्रणालीका लागि पनि राम्रो हुन्छ। यसले टीबी, दम, निमोनिया, रुघालगायतका रोगको रोकथाम गर्न सक्छ।
 
खुर्सानी
खुर्सानीको प्रयोग बुझेर गर्दा यसले ओखतीकै काम गर्छ। बङ्गारा दुखेमा सफा सिलौटामा मसिनो गरी खुर्सानीमा पानी मिसाई पिँधेर कपडछान गर्नुपर्छ। यदि वायाँ वङ्गारो दुखेको छ भने दाहिने कानमा यसको झोल हाल्नुपर्छ। यदि खुर्सानी पानीले पोल्यो भने अलिकति घ्यू मनतातो पारेर एक दुई थोपा कानमा हाल्दा सन्चो हुन्छ।

पुरानो खुर्सानीको बोटको जरा सुरक्षित राखी जरालाई चन्दन बनाएर मोतिया बिन्दु हुन लागेको या आँखामा लगाउदा आराम गर्छ।

एउटा खुर्सानी पानीमा डुवाउनुपर्छ। त्यसलाई छानेर अलिकति मह मिसाई कुल्ला गर्दा घाँटीको घाउ निको हुन्छ। केही बेर पोल्न सक्छ।

स्वर बन्द भएमार गला बसेमा तीन वटा खुर्सानी एउटा कागती तीन मासा बदाम, तीन ग्राम मिश्री र बबुरको गुँद पिधनु र गोली बनाउनुएर दिनमा दुई(दुई पटक गोली मुखमा राखी  चुस्नुपर्छ। बसेको स्वर खुल्छ।

मृगौला शुल एउटा खुर्सानी पानीमा हाली पिँधेर चन्दन जस्तो भएपछि शुल भएको ठाउमा लेप लगाउनु, दुख्ने एकदम छोड्छ।

निमोनिया एउटा खुर्सानीमा पानी हालेर पिँधेर चन्दन जस्तो लेप तयार भएपछि मनतातो बनाई दुखेको ठाउमा लेप गर्दा दुख्न छोड्छ। लेप लगाएको ठाउमा सहन नसक्ने गरी पोल्यो भने १५ मिनेट पछि लेप हटाई पोलेको ठाउमा गाईको घ्यू लगाई दिनुपर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

ज्वानो
ज्वानो एक मसला हो। यो उष्ण प्रकृतिको मानिन्छ। यसको प्रयोग तरकारी आदिमा बढी गरिए पनि नेपालमा यसको प्रचलन सुत्केरी अवस्थामा धेरै गरेको पाइन्छ। बच्चा र आमा दुवैको स्वास्थ्यको लागि परापूर्वकालदेखि यसको प्रयोग बढी लाभदायक मानिएको छ।

ज्वानोको सबैभन्दा ठूलो विशेषता यसमा रहेको क्याल्सियम हो। एक चिया चम्चा ज्वानोमा ७६ मिलिग्राम क्याल्सियम पाइन्छ। कुपोषण भएका र लामो बिमारीपछि उठेका बालबालिका, वृद्धा, गर्भवती महिला सबैलाई ज्वानोको प्रयोगले गर्छ। सुत्केरी अवस्थामा ज्वानोले शरीरलाई चाहिने आवश्यक क्याल्सियमको परिपूर्ति गर्छ र दूध बढाउँछ। आमाको दूधबाट बच्चालाई पनि क्याल्सियम प्राप्त हुन्छ।

यसले पाचन शक्ति बढाउँछ, हानिकारक जीवाणु एवं कृमिनाश गर्छ, वायुविकार हटाउँछ। गर्मी, सर्दी दुबै मौसममा अनुकुल ज्वानोले फाइदा गर्छ। पेट दुखाइ कम गर्न, पेटका कृमीहरु नाश गर्न र पाठेघर सबल पार्न ज्वानोको प्रयोग फाइदा जनक छ। ज्वानोको बढी प्रयोग गर्दा हानी देखिएमा धनियाँको प्रयोग गर्नुपर्ने कुरा आयुर्वेदले मानेको छ।

पेट दुखेमा ज्वानो पानी पकाएर थोरै नून मिसाई खान दिँदा पेट दुखेको कम हुन्छ। पेट फुलेमा भुटेको ज्वानो एक चम्चा र थोरै बीरेनून मिसाई पिस्ने र त्यो पाउडरलाई एकडेढ चम्चा तातो पानीसँग खाने गर्दा पेट फुल्ने ठिक हुन्छ।  महिलाहरुमा सेतो पानी बग्ने समस्या भएमा नियमित रुपले चौलानी पानीमा भुटेको ज्वानोको पाउडर राखी फिटेर केही महिनासम्म पिउने गर्दा सुधार हुन्छ। ज्वानोको प्रयोग झोल बनाउँन, तरकारी एवम् भात, रोटी वा अन्य खानेकुरा आदि पनि गर्न सकिन्छ।

Xtrem

Xtrem

पुदिना
पुदिना वा पतिना प्रायः चटनी वा अचारको रुपमा खाने गरिएको वनस्पति हो। पुदिना नेपाल, भारत, चीन लगायतका देशहरूमा प्रायः पाइन्छ। चिसो स्थान ठाउँमा भइरहने प्रायः गर्मीतिर फुल्ने गर्दछ। अचार, तरकारी आदिको रुपमा प्रयोग गरिने पुदिना ताजा एवं सुकाएर दुबै रूपमा प्रयोग गर्न सकिन्छ।

आयुर्वेदिक भनाइमा पुदिना स्वेद कारक, उष्ण, दीपन, एवं वायु कफनाशक, भोक बढाउने, मलमूत्रजन्य रोग रोकथाम गर्ने आदि गुणले भरिएको हुन्छ। यो खोकी, अजीर्ण लगायत विविध पेटका रोगहरुमा गुणकारी छ।

दिनहुँ खानाको साथमा आधा चम्चा पुदिनाको रस वा ५/६ वटा ताजा पुदिनाको पात वा केही मात्रामा यसको अचार खाएमा अपच भएको अवस्थामा फाइदा हुन्छ।

पेट फुल्ने वा अजीर्ण भएमा पुदिनाको १–२ चम्चा रस, केही मात्रामा बीरेनून राखी ४ गुणा मनतातो पानीसँग खाँदा पेट फुलेको ठिक हुन्छ।

पुदिनाको ताजा वा सुकेको पातलाई चिया, सर्बत, चटनी आदि कुनै न कुनै रूपमा सेवन गरेमा क्यान्सरको सुरु अवस्थामा यसले औषधि जस्तै काम गर्दछ। दिनको १०/१५ वटा ताजा पातलाई थिचेर पानीमा मिसाई मह वा थोरै कागती र नून मिसाई दिनको २–३ पटक केही महिनासम्म खुवाउन सकिन्छ।

कुनै अंगमा घाउ भएमा वा काटेको ठाउँमा रगत बग्न नरोकिएमा घाउ सफा गरी पुदिनाको पातलाई राम्ररी पखाल्ने र त्यसको रस निकाली लगाउँदा घाउमा रगत थामिन्छ र छिटो निको पार्न समेत मद्दत गर्छ।

सामान्य कारणले कुनै व्यक्ति मुर्छा वा बेहोस् भएको छ भने पुदिनाको पातलाई माडेर केहीबेर सुँघाइदिँदा होस आउँछ।

पुदिनाको रस निकाली आधादेखि २ चम्चासम्म रसलाई पानी मिसाई खानदिँदा ज्वरो घटद्छ।

पुदिनाको पातलाई पानीमा पकाउँने, पानी सुकेर रहेको चौथाइ मात्रालाई बिहान पिउँदा पेटको दुखाइमा आराम हुन्छ।

पुदिनाको पात पानीमा पकाइ पिउँदा दम र खोकीमा सुधार हुन्छ। घाँटी बढी खसखस भएर खोकी लागेमा पनि यसको प्रयोगले फाइदा पुग्छ।

अदुवा
आयुर्वेदिक चिकित्सा पद्धतिमा अदुवालाई महाऔषधिको नाम दिइएको छ। फिलिपिन्समा अदुवा चपायो भने दुष्टात्माहरु नष्ट हुन्छन् भन्ने विश्वास गरिन्छ। अठारौं शताब्दीतिर युरोपमा अदुवाले यौनशक्ति बढाउछ भनेर विश्वास गरिन्थ्यो। यसको प्रयोगले गर्दा शरीरमा रोग प्रतिरोधात्मक शक्ति बढाउने र तागत दिने हुनाले यसमा यौनशक्ति बढाउने क्षमता पनि रहेको हुन्छ भन्ने ठानिन्छ।

अदुवामा पनि एक प्रकारको गन्धरहित तेल हुन्छ। त्यसैले अदुवा चपाएर राख्दा पनि मुखबाट कुनै गन्ध आउदैन। अदुवालाई ताजा र सुकाएर प्रयोग गर्न सकिन्छ। सुकाएको अदुवालाई सुठो भनिन्छ। जाडोमा अदुवाको काँढा बनाएर खाने चलन छ। रुघाखोकी, घाटी दुख्दाको बेलामा अदुवाको टुक्रालाई सफा गरेर पोलेर मुखमा राखिराख्दा घाटीबाट हुने दुखाइ धेरै नै कम हुन्छ। गर्भावस्थाको सुरुसुरुको एक टुक्रा अदुवा मुखमा हालेर रस निलिरह“दा वाकवाकी हुने समस्या धेरै कम हुन्छ।

अपच भएको बेलामा अदुवाको ससाना टुक्रालाई बिरेनूनसंग मिसाएर खानाले अपचको समस्या कम हुन्छ। अदुवाभित्रका केही तत्वहरुले कोलेस्टेरोल नामको बोसो घटाउन मद्दत गर्छन् र मुटुको रोगबाट बचाउ“छन्। विदेशतिर जिन्जरओला भनेर अदुवाबाट निकालिएको रस बेचिन्छ।

हिङ
हिङलाई भगवानको खाना भनिन्छ। यसले खानाको स्वाद र सुगन्ध बढाउने मात्र नभई बिभिन्न रोगबाट पनि बचाउछ। यसले पाचनक्रिया मजबुत बनाउछ। श्वासप्रश्वाससम्बन्धी रोगबाट बचाउछ। रोघाखोकी लाग्नबाट बचाउछ। तातो पानीमा राखेर हिंग खाँदा ब्रोन्काइटिसमा राहत मिल्छ। पेट दुख्दा तातो पानीसँग हिङ खाँदा दुखाई कम हुन्छ। दाँत दुखेमा हिङ खाँदा राहत मिल्छ।  दुखाई भएको ठाउमा हींगको लेप लगाउदा दुखाई कम हुन्छ। रोग प्रतिरोधात्मक क्षमता बढाउछ। दाद, लुतो भएको ठाउमा  हिङको लेप लगाउँदा औषधिको काम गर्छ। कब्जियत भएमा तातो पानी र हिङ खाँदा फाइदा हुन्छ।

गोलभेंडा
नेपाली भान्छामा अचारका रूपमा प्रयोग गरिने, तरकारीमा प्रयोग गरिने र सलादका रूपमा खाइने खाद्य पदार्थ हो, गोलभेंडा। पाकेको गोलभेंडा हेर्नमा जति आकर्षक देखिन्छ, उति नै लाभकारी पनि मानिन्छ।

गोलभेंडाको इतिहास निकै पुरानो छ। गोलभेंडा गुलियो, अमिलो, पाचक, शक्तिबर्द्धक र रुचिबर्द्धक हुनुका साथै यसले अतिसार, पेट र मोटोपना रोक्ने औषधिको पनि काम गर्छ। यसमा लौह तत्वको मात्र दूधभन्दा दुई गुणा र अंगुर, मौसम, तरबुजा तथा खरबुजाको तुलनामा बढी पाइन्छ। 

गोलभेंडामा क्याल्सियम, चुना, गन्धक, साइट्रिक एसिड लगायतका तत्व पाइन्छ। गोलभेंडा भिटामिनको भण्डार हुन्छ। गोलभेंडा सेवन गर्दा कब्जियतको समस्या समाधान हुन्छ, रक्त विकारबाट मुक्ति मिल्छ, सुख्खा, एक्जिमाजस्ता रोगमा रामबाण मानिन्छ।

गोलभेंडा खाने मानिसमा मधुमेह, रुघा, दाँतको समस्या, रक्तस्राव जस्ता रोग लाग्दैन। साथै नेत्र रोगको समस्या पनि हुँदैन।त्यसो त गोलभेंडा खानाले गम्भीर रोग पनि लाग्छ, जसमा क्यान्सर, पत्थरी, जोर्नी दुख्ने रोग, टाउको दुखाई, कमर दुखाइ पर्छ। यसकारण सन्तुलित मात्रामा नियमित गोलभेंडाको सेवन स्वास्थ्यबर्द्धक हुन्छ भने बढी सेवन कष्टकारक पनि बन्न सक्छ।

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  ०८:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण
सम्बन्धित सामग्री
के कुकुरले पनि मान्छेले बोलेको शब्द पहिचान गर्न सक्छ ? कुकुरले मानिसको निरन्तर बोलीलाई शब्दको लयअनुसार प्रशोधन गर्न सक्ने र त्यस क्रममा व्यञ्जन ध्वनिमा आधारित शब्द संरचनाप्रति विशेष प्रति... सोमबार, असोज १२, २०८३
के तपाई मधुमेहका बिरामी हुनुहुन्छ ? ख्याल गर्नुस् अनि यस्तो गल्ती नगरौं मधुमेहका बिरामीले औषधिभन्दा धेरै खानपानमा ध्यान दिन जरुरी हुन्छ। मधुमेह भएपछि शरीरले इन्सुलिन हर्मोन ठीकसँग बनाउन वा यसको उपयोग गर्न... आइतबार, असोज ११, २०८३
नेपालमा क्यान्सर उपचार राम्रो छैन भन्ने बुझाइ गलत हो, सबैखाले उपचार सम्भव छ : डा. झा नेपालमा क्यान्सरको जोखिम न्यूनीकरणका लागि नियमित स्वास्थ्य परीक्षण तथा क्यान्सर स्क्रिनिङलाई प्राथमिकता दिनुपर्ने काठमाडौं क्यान्सर... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
देउवा पक्षले बिहीबारदेखि छुट्टै वडा अधिवेशन गर्दै बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्