हेटौंडा- जंगली च्याउँ खाँदा मकवानपुरमा एक जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर बिरामी परेका छन्। मकवानपुरको विकट राक्सिराङ गाउँपालिका-७, स्थित दगुबाङ गाउँमा जंगली च्याउको तरकारी खाँदा ४५ वर्षीय दलबहादुर चेपाङको मृत्यु भएको हो।
शनिबार साँझ जंगलबाट ल्याएको च्याउ खाँदा चेपाङ परिवारका ५ जना गम्भीर बिरामी परेका थिए। बिरामीमध्ये बाबु दलबहादुरको मृत्यु भएको राक्सिराङ-७ का वडाध्यक्ष रामबहादुर चेपाङले जानकारी दिए। उपचारका लागि चितवनको भरतपुर अस्पतालतर्फ लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको हो।
मृतक दलबहादुरकी श्रीमती जालीमाया, दुई छोरीहरू रेञ्जु र सिवना, छोरा सुशीलको स्वास्थ्य अवस्था गम्भीर रहेको छ। उनीहरूको चितवनस्थित भरतपुर अस्मापतालमा उपचार भइरहेको वडाध्यक्ष चेपाङले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।