चितवन- पहिरोका कारण अवरुद्ध भएको पृथ्वी राजमार्ग पहिरो पन्छाएसँगै पुनःसञ्चालनमा आएको छ। मुग्लिन-मलेखु खण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा सोमबार बिहानदेखि राजमार्ग अवरुद्ध बनेको थियो।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले पहिरो पन्छाएपछि राजमार्ग दुईतर्फी सञ्चालनमा आएको जानकारी दिए।
राजमार्ग पुनःसञ्चालनमा आएपछि रोकिएका सवारी साधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन्। पहिरोले सडक अवरुद्ध भएपछि यात्रुहरु अलपत्र परेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।