• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ २७, २०८३ Sat, Sep 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

नेपाल छिरेर भारतीयले किन मार्छन् नेपाली मुस्लिम? यस्तो छ मुस्लिम हत्या शृंखला

64x64
नारायण अधिकारी शुक्रबार, असोज ५, २०७५  २२:१७
1140x725

काठमाडौं– सुनसरीको भुटाहामा रैयान नेसनल स्कुल सञ्चालन गर्दै आएका खुर्सिद आलमको बिहीबार अपरान्ह गोली हानी हत्या गरियो। दुई वटा भारतीय नम्बर प्लेटका मोटरसाइकलमा आएका ४ जनाको समूहले दिनदहाडै आलममाथि गोली प्रहार गरेको थियो।

_x000D_ _x000D_

हत्या गरेपछि भारत प्रवेश गर्न लाग्दा हत्याराहरुलाई सीमामा तैनाथ नेपाल प्रहरीले पक्राउ गर्ने प्रयास गर्यो। तर, उनीहरु प्रहरी जवान शिवराज पौडेलमाथि गोली प्रहार गरी भारत छिर्न सफल भए।

_x000D_ _x000D_

घटनाको प्रकृति हेर्दा हत्यामा भारतीय सुरक्षाकर्मीकै संलग्नता रहेको अपराध अनुसन्धान विज्ञले अनुमान गरेका छन्। आलमलाई मुम्बईमा भएको बम विस्फोटमा संलग्न रहेको आरोपमा हत्या गरिएको बुझिएको छ। उनी मुम्बई बम विस्फोट घटनापछि सीमापारी रहेको ससुरालीसमेत जान सकेका थिएनन्। यसअघि आलमलाई पक्राउ गरेर बुझाउन भारत सरकारले नेपाल सरकारलाई आग्रह समेत गरेको बुझिएको छ।

_x000D_ _x000D_

_x000D_ _x000D_

Ncell 2
Ncell 2
nimb
nimb

आलमलाई प्रहार गरिएकाे गाेलीकाे खाेका

_x000D_ _x000D_


_x000D_

अन्ततः उनको भारतीयबाटै गोली हानी हत्या भयो।

_x000D_ _x000D_

आलम मात्रै होइन उनीभन्दा अघि धेरै नेपाली मुस्लिमको ज्यान भारतीयको आक्रमणबाट गइसकेको छ। जसमा मुख्य दुईवटा कारण रहेको बताउँछन् नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्ल। उनका अनुसार नेपाली मुस्लिम मारिनुको कारण भारतीय नक्कली नोटको कारोबार र आतंकवादलाई संरक्षण गर्नु हो। त्यस्तैगरी लागूऔषध र भारतले संरक्षण गरेका डन छोटा राजनसँगको दुस्मनीका कारण पनि नेपाली मुस्लिमहरुको हत्या हुँदै आएको नेपाल प्रहरीका एक अधिकारीले बताए। भारतमा विभिन्न आरोप लागेर विस्थापित भएका मुस्लिमलाई नेपालमा संरक्षण दिई नागरिकता दिलाएको र खुल्ला सीमाका कारण भारत प्रवेश गरी आपराधिक घटना घटाउन सहयोग गरेकोसम्म आरोप लगाएर नेपाली मुस्लिमको हत्या गरिँदै आएको प्रहरी अनुसन्धानले बताउँछ।

_x000D_ _x000D_

आपराधिक क्रियाकलाप नियन्त्रण तथा यससँग जोडिएका व्यक्ति पक्राउ गर्न भारतीय र नेपाली सुरक्षा अधिकृतबीच सहकार्य हुँदै आएको पनि छ। तर पनि खुला सीमाका कारण नेपालमा अपराध गरेका व्यक्ति भारत र भारतमा अपराध गरेका व्यक्ति नेपाल आउने क्रम भने रोकिएको देखिँदैन। बरु सहकार्यका नाममा फाइदा लिँदै कतिपय भारतीय सुरक्षा अधिकारीहरु नै यस्ता हत्यामा संलग्न रहेको बताइन्छ।

_x000D_ _x000D_

सहकार्यको शैलीमा गुन्डा नाइके मनोज पुनको हत्या र समीरमान बस्नेतको पक्राउ यसको उदाहरण मान्न सकिन्छ। पुनलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरेर सीमा नाकामा ल्याएर इन्काउन्टर गरिएको थियो भने समीरमान अहिले जेलमा छन्।

_x000D_ _x000D_

भारतले नेपाल आएर नेपाली मुस्लिमलाई गरेको हत्याको घटनामा भारत सरकारले नै संरक्षण दिने गरेको सिआइबीका पूर्वप्रमुखसमेत रहेका मल्ल दाबी गर्छन्। उनका अनुसार यस्तो अपराध प्रहरीले रोक्न सक्दैन। मल्ल भन्छन् 'यसमा राज्यस्तरबाटै सहकार्यको खाँचो छ।'

_x000D_ _x000D_

भारतीयले हत्या गरेका नेपाली मुस्लिमहरु

_x000D_ _x000D_

फैजान अहमद तत्कालीन इस्लामिक संघ नेपालका महासचिव समेत हरेका फैजान अहमदको २०६८ असोज ९ गते गोली हानी हत्या गरिएको थियो।

_x000D_ _x000D_

काठमाडौंको घण्टाघर अगाडि भारतीय सार्प सुटरले उनको गोली हानी हत्या गरेका थिए। हत्याको आरोपमा नेपाल प्रहरीले त्यसेबला धनबहादुर थापा मगरलाई पक्राउ गरेको थियो। तर, मुख्य अभियुक्त भारतीय भने अहिलेसम्म फरार छन्।

_x000D_ _x000D_

उक्त हत्या भारत सरकारकै निर्देशनमा भएको बताइन्छ। मदरसा (इस्लामिक विद्यालय)हरूको विस्तारमा संलग्न रहेको आरोपमा उनलाई भारतीयले हत्या गरेको बताइन्छ। पाकिस्तानमा पढेर नेपाल आउनु र तराई क्षेत्रमा मदरसामार्फत इस्लामिक शिक्षा प्रवद्र्धन गरेकाले उनको हत्या भएको आशंका गरिएको थियो।

_x000D_ _x000D_

मिर्जा दिलसाद बेग

_x000D_ _x000D_

वि.सं. २०५५ असार १५ गते राति काठमाडौंको सिफलमा मिर्जा दिलसाद बेगको हत्या भयो। उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद तथा पूर्वमन्त्री समेत थिए।

_x000D_ _x000D_

पाकिस्तानी ‘अन्डरवल्र्ड डन’ दाउद इब्राहिमलाई सहयोग गरेर भारतीय डन छोटा राजन समूहविरुद्ध काम गरेकाले उनको छोटा राजन समूहले हत्या गरेको नेपाल प्रहरीले निष्कर्ष निकालेको थियो। अनुसन्धान समितिले भारतीय डन छोटा राजनले नै हत्या गरेको भन्दै प्रतिवेदन बुझाएको थियो। मिर्जालाई हत्या गर्न छोटा राजन समूहले पठाएका व्यक्ति विक्रम बाहीको कृष्णनगरमा हत्या भएपछि सो घटना छोटा राजन समूहले नै गराएको निचोडमा समिति पुगेको हो।

_x000D_ _x000D_

सौकत अलि बेग

_x000D_ _x000D_

बेगको २०६६ पुस १० गते बुटवल–४ मैना भन्ने ठाउँमा गोली हानी हत्या भएको थियो। भारतीय खुफिया एजेन्सीकै निर्देशनमा उनको हत्या भएको आशंका गरिएको थियो। हत्याराहरु भारतीय नम्बर प्लेटको मोटरसाइकलमा नेपाल प्रवेश गरी बेगको हत्या गरेका थिए। घटनापश्चात् उनीहरु पुनः भारततर्फ नै लागेका थिए।

_x000D_ _x000D_

बेग हत्याको कारण भारतीय नक्कली नोट, छोटा राजनसँग शत्रुतापूर्ण व्यवहार र आतंकवादलाई संरक्षण रहेको बताइन्छ।

_x000D_ _x000D_

सञ्चार उद्यमी जमीम साह

_x000D_ _x000D_

सञ्चार उद्यमी जमीम साहको २०६६ माघ २४ गते काठमाडौंको लाजिम्पाटमा दिनदहाडै गोली हानी हत्या गरिएको थियो। उनको हत्या भारतीय आपराधिक समूहबाट भएको भन्दै छानिबिन समितिले नेपाल सरकारलाई प्रतिवेदनसमेत बुझाएको थियो।

_x000D_ _x000D_

रोचक कुरा के भने बेग र जमीम साहका हत्यारा एकै भएको प्रहरीले निष्कर्ष निकालेको थियो। प्रहरीका अनुसार ती व्यक्ति मोहमद बकार सहिद थिए।

_x000D_ _x000D_

अब्दुल मजिद मनिहार

_x000D_ _x000D_

नेपालगञ्जको लालीगुराँस होटलमा २०६६ असोज १९ गते अब्दुल मजिद मनिहारको भारतीयले गोली हानी हत्या गरेका थिए। मनिहारको हत्याको कारण पनि भारतीय नक्कली नोटको कारोबार नै रहेको पुष्टि अनुसन्धानले देखाएको थियो। उनको हत्या भारतीय सुटर जगजीत सिंहले गरेका हुन्।

_x000D_ _x000D_

युनुस अन्सारी

_x000D_ _x000D_

युनुस अन्सारीलाई २०६७ फागुन २६ गते केन्द्रीय कारागार, सुन्धारा भित्रै गोली प्रहार गरिएको थियो। नक्कली भारतीय रुपैयाँको कारोबारमा संलग्न भएको आरोपमा उनी जेल सजाय भोगिरहेका थिए। भारतीय डन छोटा राजन र बब्लु श्रीवास्तव समूहका जगजीत सिंहले उनलाई जेलमै गोली हानेका थिए।

_x000D_ _x000D_

नक्कली नोटको कारोबार र छोटा राजन विरोधी गतिविधि गरेका कारण उनलाई गोली हानिएको बताइन्छ। नेपालगञ्जमा मनिहारको हत्या गर्ने भारतीय भाडाका सुटर जगजीतले नै अन्सारीमाथि पनि गोली प्रहार गरेका थिए। जेलभित्रै रहेका अन्सारीमाथि गोली हानिए पनि सुटर सिंह हालसम्म फरार छन्।

_x000D_ _x000D_

यी बाहेक धरै नेपाली मुस्लिमहरुलाई भारतीय सुटरहरुले गोली हानी हत्या गरेका छन्। आतंकवादलाई संरक्षण, नक्कली भारतीय नोटको कारोबार, छोटा राजनसँगको दुस्मनी, इस्लामिक शिक्षा फैलाएको जस्ता आरोप लगाउँदै नेपाली मुस्लिमको हत्या हुँदै आएको छ।

_x000D_ _x000D_

पक्राउ पर्दैनन् भारतीय सुटर

_x000D_ _x000D_

यसरी धमाधम नेपाली भूमिमा आएर नेपाली मुस्लिम मारिँदा पनि हालसम्म कुनै पनि भारतीय सुटर पक्राउ पर्न सकेका छैनन्। भारतकै संरक्षणमा यस्ता हत्या हुने भएकाले सुटरहरु पक्राउ पर्न नसकेको नेपाल प्रहरीका एक अधिकारीले बताए। यस्ता घटनाको अनुसन्धान गर्न समिति गठन भए पनि अहिलेसम्म मुख्य योजनाकारसम्म पनि पुग्न सकेको देखिँदैन जमीम साहको हत्याको जिम्मा लिने ‘अन्डरवर्ल्ड ग्याङ्स्टार’ भरत नेपालीलाई उनकै समूहले २०६७ सालमा बैंककमा गोली हानी हत्या गरेको थियो।

_x000D_ _x000D_

_x000D_ _x000D_

शाह हत्याको मुख्य नाइके बब्लु श्रीवास्तव थिए। श्रीवास्तवसहित साहको हत्यामा संलग्न सुटरलाई भने अहिलेसम्म पनि प्रहरीले नियन्त्रणमा लिन सकेको छैन। नेपाल प्रहरीले त्यसबेला हत्याको योजनामा सघाउने किशोर खड्का, लक्ष्मण धमला र नेपाल प्रहरीका बहालवाला सई प्रकाश क्षेत्रीलाई पक्राउ गरेको थियो भने पूर्वडिएसपी जगदिश चन्द उम्किन सफल भएका थिए। उनी हालसम्म पनि फरार छन्। साहका सुटर पक्राउ नपर्नु एउटा उदाहरण मात्रै हो।

_x000D_ _x000D_

साहजस्तै अन्य नेपाली मुस्लिम हत्यामा संलग्न अधिकांश भारतीय सुटर अहिलेसम्म पनि पक्राउ पर्न सकेका छैनन्। हिजोमात्रै हत्या गरिएका आलमका हत्यारा पनि भारत प्रवेश गरिसकेकाले पक्राउ पर्ने सम्भावना न्यून छ। पूर्व डिआइजी हेमन्त मल्लका अनुसार यस्तो अपराध रोक्न र अपराधी पक्राउ गर्नका लागि राज्यबाट भारतीय सरकारसँग पहल गर्नुपर्छ।

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०७५  २२:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
भक्तपुरमा एलपी ग्यास कालोबजारी गर्ने दुई जना पक्राउ प्रहरीका अनुसार बिहीबार करिब ५ बजे ब्रम्हनगरस्थित शाहको किराना पसलमा उपभोक्तालाई खाना पकाउने एलपी ग्यास प्रतिसिलिण्डर २ हजार ८ सय रु... बिहीबार, भदौ २५, २०८३
१८ हजार बढी ट्रामाडोल बसको छतमा राखेर चितवन जाँदै गरेका युवक समातिए चेकिङका क्रममा वीरगन्जबाट चितवनतर्फ जाँदै गरेको ना.५ ख ७६२३ नम्बरको यात्रुवाहक बस रोकेर जाँच गर्दा बसको हुड र्‍याकमा राखिएका दुईवटा... बुधबार, भदौ २४, २०८३
१६२ किलो ७९४ ग्राम गाँजासहित दुई जना पक्राउ मनहरी गाउँपालिका–९ भाबरबाट प्रहरीले करिब १६२ किलो ७९४ ग्राम अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। बुधबार, भदौ २४, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढी : ४०८ अर्बको क्षति, पुनर्लाभका लागि ७२३ अर्ब आवश्यक शुक्रबार, भदौ २६, २०८३
कर्णाली शिवराज नेपाल भलिबल लिगको फाइनलमा शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित नुवाकोट र रसुवा जाने एमाले टोलीलाई ओलीको निर्देशन शुक्रबार, भदौ २६, २०८३
भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन शुक्रबार, भदौ २६, २०८३
बाढी प्रभावित क्षेत्रमा ८ हजार ७ सयभन्दा बढी सेना परिचालन, आज थप ३० जनाको उद्धार शुक्रबार, भदौ २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
न्यायाधीश कुमार रेग्मी र अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध महाभियोगको सूचना संसद् सचिवालयमा दर्ता बिहीबार, भदौ २५, २०८३
गरिमा चौधरी हत्या प्रकरण : मुख्य प्रतिवादी प्रोग्रेशसहित १० जना रिहा शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक, यस्ता विषयमा हुँदैछ छलफल बिहीबार, भदौ २५, २०८३
भरतपुरमा इभी कारमा आगलागी, चालकको मृत्यु शुक्रबार, भदौ २६, २०८३
पदभारपछि नवनियुक्त उद्योगमन्त्रीले भने–‘जनताको आवश्यकता जति ग्यास दिनैपर्छ’ बिहीबार, भदौ २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
महाविपत्तिमा पनि पक्षधरता : भत्कँदै नेपाली मौलिकता ! प्रदीप सत्याल
बीपीको प्रजातान्त्रिक समाजवाद र कांग्रेसका राजनीतिक सौदाबाजी लोकराज अवस्थी
लोकतान्त्रिक समाजवाद : अवधारणा कि कार्यान्वयनमा समस्या ? धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गणतन्त्रपछि पहिलोपटक मन्त्रालयमा झुण्ड्याइयो पूर्वराजाको तस्बिर आइतबार, भदौ २१, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गृहमन्त्री गुरुङ सैनिक अस्पताल भर्ना आइतबार, भदौ २१, २०८३
त्रिशूली–३ ‘ए’ मा उद्धार कार्य बन्द शुक्रबार, भदौ १९, २०८३
केसीले दिए कांग्रेस मिलाउने पाँच सूत्र, के–के हुन् प्रस्ताव? आइतबार, भदौ २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्