• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक १०, २०८२ Mon, Oct 27, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

नेपाल छिरेर भारतीयले किन मार्छन् नेपाली मुस्लिम? यस्तो छ मुस्लिम हत्या शृंखला

64x64
नारायण अधिकारी शुक्रबार, असोज ५, २०७५  २२:१७
1140x725

काठमाडौं– सुनसरीको भुटाहामा रैयान नेसनल स्कुल सञ्चालन गर्दै आएका खुर्सिद आलमको बिहीबार अपरान्ह गोली हानी हत्या गरियो। दुई वटा भारतीय नम्बर प्लेटका मोटरसाइकलमा आएका ४ जनाको समूहले दिनदहाडै आलममाथि गोली प्रहार गरेको थियो।

_x000D_ _x000D_

हत्या गरेपछि भारत प्रवेश गर्न लाग्दा हत्याराहरुलाई सीमामा तैनाथ नेपाल प्रहरीले पक्राउ गर्ने प्रयास गर्यो। तर, उनीहरु प्रहरी जवान शिवराज पौडेलमाथि गोली प्रहार गरी भारत छिर्न सफल भए।

_x000D_ _x000D_

घटनाको प्रकृति हेर्दा हत्यामा भारतीय सुरक्षाकर्मीकै संलग्नता रहेको अपराध अनुसन्धान विज्ञले अनुमान गरेका छन्। आलमलाई मुम्बईमा भएको बम विस्फोटमा संलग्न रहेको आरोपमा हत्या गरिएको बुझिएको छ। उनी मुम्बई बम विस्फोट घटनापछि सीमापारी रहेको ससुरालीसमेत जान सकेका थिएनन्। यसअघि आलमलाई पक्राउ गरेर बुझाउन भारत सरकारले नेपाल सरकारलाई आग्रह समेत गरेको बुझिएको छ।

_x000D_ _x000D_

_x000D_ _x000D_

Ncell 2
Ncell 2

आलमलाई प्रहार गरिएकाे गाेलीकाे खाेका

_x000D_ _x000D_


_x000D_

अन्ततः उनको भारतीयबाटै गोली हानी हत्या भयो।

_x000D_ _x000D_

आलम मात्रै होइन उनीभन्दा अघि धेरै नेपाली मुस्लिमको ज्यान भारतीयको आक्रमणबाट गइसकेको छ। जसमा मुख्य दुईवटा कारण रहेको बताउँछन् नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्ल। उनका अनुसार नेपाली मुस्लिम मारिनुको कारण भारतीय नक्कली नोटको कारोबार र आतंकवादलाई संरक्षण गर्नु हो। त्यस्तैगरी लागूऔषध र भारतले संरक्षण गरेका डन छोटा राजनसँगको दुस्मनीका कारण पनि नेपाली मुस्लिमहरुको हत्या हुँदै आएको नेपाल प्रहरीका एक अधिकारीले बताए। भारतमा विभिन्न आरोप लागेर विस्थापित भएका मुस्लिमलाई नेपालमा संरक्षण दिई नागरिकता दिलाएको र खुल्ला सीमाका कारण भारत प्रवेश गरी आपराधिक घटना घटाउन सहयोग गरेकोसम्म आरोप लगाएर नेपाली मुस्लिमको हत्या गरिँदै आएको प्रहरी अनुसन्धानले बताउँछ।

_x000D_ _x000D_

आपराधिक क्रियाकलाप नियन्त्रण तथा यससँग जोडिएका व्यक्ति पक्राउ गर्न भारतीय र नेपाली सुरक्षा अधिकृतबीच सहकार्य हुँदै आएको पनि छ। तर पनि खुला सीमाका कारण नेपालमा अपराध गरेका व्यक्ति भारत र भारतमा अपराध गरेका व्यक्ति नेपाल आउने क्रम भने रोकिएको देखिँदैन। बरु सहकार्यका नाममा फाइदा लिँदै कतिपय भारतीय सुरक्षा अधिकारीहरु नै यस्ता हत्यामा संलग्न रहेको बताइन्छ।

_x000D_ _x000D_

सहकार्यको शैलीमा गुन्डा नाइके मनोज पुनको हत्या र समीरमान बस्नेतको पक्राउ यसको उदाहरण मान्न सकिन्छ। पुनलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरेर सीमा नाकामा ल्याएर इन्काउन्टर गरिएको थियो भने समीरमान अहिले जेलमा छन्।

_x000D_ _x000D_

भारतले नेपाल आएर नेपाली मुस्लिमलाई गरेको हत्याको घटनामा भारत सरकारले नै संरक्षण दिने गरेको सिआइबीका पूर्वप्रमुखसमेत रहेका मल्ल दाबी गर्छन्। उनका अनुसार यस्तो अपराध प्रहरीले रोक्न सक्दैन। मल्ल भन्छन् 'यसमा राज्यस्तरबाटै सहकार्यको खाँचो छ।'

_x000D_ _x000D_

भारतीयले हत्या गरेका नेपाली मुस्लिमहरु

_x000D_ _x000D_

फैजान अहमद तत्कालीन इस्लामिक संघ नेपालका महासचिव समेत हरेका फैजान अहमदको २०६८ असोज ९ गते गोली हानी हत्या गरिएको थियो।

_x000D_ _x000D_

काठमाडौंको घण्टाघर अगाडि भारतीय सार्प सुटरले उनको गोली हानी हत्या गरेका थिए। हत्याको आरोपमा नेपाल प्रहरीले त्यसेबला धनबहादुर थापा मगरलाई पक्राउ गरेको थियो। तर, मुख्य अभियुक्त भारतीय भने अहिलेसम्म फरार छन्।

_x000D_ _x000D_

उक्त हत्या भारत सरकारकै निर्देशनमा भएको बताइन्छ। मदरसा (इस्लामिक विद्यालय)हरूको विस्तारमा संलग्न रहेको आरोपमा उनलाई भारतीयले हत्या गरेको बताइन्छ। पाकिस्तानमा पढेर नेपाल आउनु र तराई क्षेत्रमा मदरसामार्फत इस्लामिक शिक्षा प्रवद्र्धन गरेकाले उनको हत्या भएको आशंका गरिएको थियो।

_x000D_ _x000D_

मिर्जा दिलसाद बेग

_x000D_ _x000D_

वि.सं. २०५५ असार १५ गते राति काठमाडौंको सिफलमा मिर्जा दिलसाद बेगको हत्या भयो। उनी राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद तथा पूर्वमन्त्री समेत थिए।

_x000D_ _x000D_

पाकिस्तानी ‘अन्डरवल्र्ड डन’ दाउद इब्राहिमलाई सहयोग गरेर भारतीय डन छोटा राजन समूहविरुद्ध काम गरेकाले उनको छोटा राजन समूहले हत्या गरेको नेपाल प्रहरीले निष्कर्ष निकालेको थियो। अनुसन्धान समितिले भारतीय डन छोटा राजनले नै हत्या गरेको भन्दै प्रतिवेदन बुझाएको थियो। मिर्जालाई हत्या गर्न छोटा राजन समूहले पठाएका व्यक्ति विक्रम बाहीको कृष्णनगरमा हत्या भएपछि सो घटना छोटा राजन समूहले नै गराएको निचोडमा समिति पुगेको हो।

_x000D_ _x000D_

सौकत अलि बेग

_x000D_ _x000D_

बेगको २०६६ पुस १० गते बुटवल–४ मैना भन्ने ठाउँमा गोली हानी हत्या भएको थियो। भारतीय खुफिया एजेन्सीकै निर्देशनमा उनको हत्या भएको आशंका गरिएको थियो। हत्याराहरु भारतीय नम्बर प्लेटको मोटरसाइकलमा नेपाल प्रवेश गरी बेगको हत्या गरेका थिए। घटनापश्चात् उनीहरु पुनः भारततर्फ नै लागेका थिए।

_x000D_ _x000D_

बेग हत्याको कारण भारतीय नक्कली नोट, छोटा राजनसँग शत्रुतापूर्ण व्यवहार र आतंकवादलाई संरक्षण रहेको बताइन्छ।

_x000D_ _x000D_

सञ्चार उद्यमी जमीम साह

_x000D_ _x000D_

सञ्चार उद्यमी जमीम साहको २०६६ माघ २४ गते काठमाडौंको लाजिम्पाटमा दिनदहाडै गोली हानी हत्या गरिएको थियो। उनको हत्या भारतीय आपराधिक समूहबाट भएको भन्दै छानिबिन समितिले नेपाल सरकारलाई प्रतिवेदनसमेत बुझाएको थियो।

_x000D_ _x000D_

रोचक कुरा के भने बेग र जमीम साहका हत्यारा एकै भएको प्रहरीले निष्कर्ष निकालेको थियो। प्रहरीका अनुसार ती व्यक्ति मोहमद बकार सहिद थिए।

_x000D_ _x000D_

अब्दुल मजिद मनिहार

_x000D_ _x000D_

नेपालगञ्जको लालीगुराँस होटलमा २०६६ असोज १९ गते अब्दुल मजिद मनिहारको भारतीयले गोली हानी हत्या गरेका थिए। मनिहारको हत्याको कारण पनि भारतीय नक्कली नोटको कारोबार नै रहेको पुष्टि अनुसन्धानले देखाएको थियो। उनको हत्या भारतीय सुटर जगजीत सिंहले गरेका हुन्।

_x000D_ _x000D_

युनुस अन्सारी

_x000D_ _x000D_

युनुस अन्सारीलाई २०६७ फागुन २६ गते केन्द्रीय कारागार, सुन्धारा भित्रै गोली प्रहार गरिएको थियो। नक्कली भारतीय रुपैयाँको कारोबारमा संलग्न भएको आरोपमा उनी जेल सजाय भोगिरहेका थिए। भारतीय डन छोटा राजन र बब्लु श्रीवास्तव समूहका जगजीत सिंहले उनलाई जेलमै गोली हानेका थिए।

_x000D_ _x000D_

नक्कली नोटको कारोबार र छोटा राजन विरोधी गतिविधि गरेका कारण उनलाई गोली हानिएको बताइन्छ। नेपालगञ्जमा मनिहारको हत्या गर्ने भारतीय भाडाका सुटर जगजीतले नै अन्सारीमाथि पनि गोली प्रहार गरेका थिए। जेलभित्रै रहेका अन्सारीमाथि गोली हानिए पनि सुटर सिंह हालसम्म फरार छन्।

_x000D_ _x000D_

यी बाहेक धरै नेपाली मुस्लिमहरुलाई भारतीय सुटरहरुले गोली हानी हत्या गरेका छन्। आतंकवादलाई संरक्षण, नक्कली भारतीय नोटको कारोबार, छोटा राजनसँगको दुस्मनी, इस्लामिक शिक्षा फैलाएको जस्ता आरोप लगाउँदै नेपाली मुस्लिमको हत्या हुँदै आएको छ।

_x000D_ _x000D_

पक्राउ पर्दैनन् भारतीय सुटर

_x000D_ _x000D_

यसरी धमाधम नेपाली भूमिमा आएर नेपाली मुस्लिम मारिँदा पनि हालसम्म कुनै पनि भारतीय सुटर पक्राउ पर्न सकेका छैनन्। भारतकै संरक्षणमा यस्ता हत्या हुने भएकाले सुटरहरु पक्राउ पर्न नसकेको नेपाल प्रहरीका एक अधिकारीले बताए। यस्ता घटनाको अनुसन्धान गर्न समिति गठन भए पनि अहिलेसम्म मुख्य योजनाकारसम्म पनि पुग्न सकेको देखिँदैन जमीम साहको हत्याको जिम्मा लिने ‘अन्डरवर्ल्ड ग्याङ्स्टार’ भरत नेपालीलाई उनकै समूहले २०६७ सालमा बैंककमा गोली हानी हत्या गरेको थियो।

_x000D_ _x000D_

_x000D_ _x000D_

शाह हत्याको मुख्य नाइके बब्लु श्रीवास्तव थिए। श्रीवास्तवसहित साहको हत्यामा संलग्न सुटरलाई भने अहिलेसम्म पनि प्रहरीले नियन्त्रणमा लिन सकेको छैन। नेपाल प्रहरीले त्यसबेला हत्याको योजनामा सघाउने किशोर खड्का, लक्ष्मण धमला र नेपाल प्रहरीका बहालवाला सई प्रकाश क्षेत्रीलाई पक्राउ गरेको थियो भने पूर्वडिएसपी जगदिश चन्द उम्किन सफल भएका थिए। उनी हालसम्म पनि फरार छन्। साहका सुटर पक्राउ नपर्नु एउटा उदाहरण मात्रै हो।

_x000D_ _x000D_

साहजस्तै अन्य नेपाली मुस्लिम हत्यामा संलग्न अधिकांश भारतीय सुटर अहिलेसम्म पनि पक्राउ पर्न सकेका छैनन्। हिजोमात्रै हत्या गरिएका आलमका हत्यारा पनि भारत प्रवेश गरिसकेकाले पक्राउ पर्ने सम्भावना न्यून छ। पूर्व डिआइजी हेमन्त मल्लका अनुसार यस्तो अपराध रोक्न र अपराधी पक्राउ गर्नका लागि राज्यबाट भारतीय सरकारसँग पहल गर्नुपर्छ।

प्रकाशित मिति: शुक्रबार, असोज ५, २०७५  २२:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले गृहमन्त्री ओमप्रकाश अर्यालसहित गृहसचिव रामेश्वर दंगाल र चारवटै सुरक्षा निकायका प्रमुखहरू... शनिबार, कात्तिक ८, २०८२
अनुमति बिना माइतीघरमा प्रदर्शन गर्न पुगेका ५० जना प्रहरी नियन्त्रणमा स्थानीय प्रशासनको अनुमतिबिना प्रदर्शन गर्न खोजिएको र अन्य जेनजी समूहबीच सम्भावित मुडभेडबाट प्रदर्शनकारीकै असुरक्षा हुने देखिएकाले सो... शनिबार, कात्तिक ८, २०८२
अनामनगरको एक स्टुडियोमा युवतीद्वारा आत्मदाह प्रयास अन्दाजी ३० वर्षीया नितु पौडेलले आत्मदाह प्रयास गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए । शनिबार, कात्तिक १, २०८२
ताजा समाचारसबै
आज छठ पर्व, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै सोमबार, कात्तिक १०, २०८२
विश्वकप लिग २ :  नेपालको अमेरिकासँग १०६ रनको फराकिलो हार आइतबार, कात्तिक ९, २०८२
स्वास्थ्य मन्त्री शर्माको यस्तो छ विगत आइतबार, कात्तिक ९, २०८२
सुधा र बब्लुले लिए मन्त्रीको शपथ, विवादका कारण खगेन्द्र र गणपतिलालको रोकियो आइतबार, कात्तिक ९, २०८२
विश्वकप लिग २ : अमेरिकाले दियो नेपाललाई २६२ रनको चुनौतीपूर्ण लक्ष्य आइतबार, कात्तिक ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्वास्थ्य मन्त्री शर्माको यस्तो छ विगत आइतबार, कात्तिक ९, २०८२
स्वास्थ्य मन्त्रीमा डा सुधा शर्माको नाम सिफारिस, साढे २ बजे सपथ आइतबार, कात्तिक ९, २०८२
११ हजार ६ सयले घट्यो सुनको मुल्य आइतबार, कात्तिक ९, २०८२
सरकारले आधिकारिक रूपमा वार्तामा बोलाएको हो भने स्वागत गर्छौँ : दुर्गा प्रसाईँ आइतबार, कात्तिक ९, २०८२
विश्वकप लिग २ :  नेपालको अमेरिकासँग १०६ रनको फराकिलो हार आइतबार, कात्तिक ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
१३ दिनदेखि हराएकी बालिका टाउको र शरीर छुटिएको अवस्थामा मृत फेला शुक्रबार, कात्तिक ७, २०८२
जिम्मेवार भइदिन प्रदर्शनकारीलाई गृहमन्त्रीको आग्रह शनिबार, कात्तिक ८, २०८२
स्वास्थ्य मन्त्री शर्माको यस्तो छ विगत आइतबार, कात्तिक ९, २०८२
स्वास्थ्य मन्त्रीमा डा सुधा शर्माको नाम सिफारिस, साढे २ बजे सपथ आइतबार, कात्तिक ९, २०८२
गृहमन्त्रीले भागेको भनेका पूर्वऊर्जामन्त्री घरबाटै लाइभ सोमबार, कात्तिक ३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्