पोखरा- नेपाल डेरी एसोसिसन गण्डकीले आश्रममा दुग्धजन्य पदार्थ वितरण गरेर दूध दिवस मनाएको छ। डेरी एसोसिएसन गण्डकी प्रदेशको आयोजनामा १४औँ विश्व दूध दिवसको अवसर पारेर आश्रममा दूध बाँडिएको हो।
पोखरा-२५, हेम्जास्थित मानव सेवा आश्रममा रहेका करिब १२० जना आश्रितहरुलाई दूध,दही, घ्यू , मोही, पनिर, आइसक्रिम,पाउरोटी आदि वितरण गरिएको नेपाल डेरी एसोसिएसनका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश अध्यक्ष शिवहरि आचार्यले बताए।
उक्त कार्यक्रममा आचार्यले विश्वमा २४औँ दूध दिवस र नेपाल मा १४औँ दूध दिवसको विषयमा जानकारी गराएका थिए। यस्तै पोखरा दुग्ध प्रशोधन व्यवसायी संघका अध्यक्ष पुन्यप्रसाद पौडेलले दूधको महत्त्वबारे प्रकाश पारेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।