काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घटाएको छ। निगमले शनिबारदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य पनि प्रतिलिटर १/१ रुपैयाँ घटाएको छ।
हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको आयल निगमले जनाएको छ।
अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य १६८ रुपैयाँ प्रतिलिटर कायम भएको छ। डिजेल र मट्टितेलको प्रतिलिटर १५३ रुपैयाँ भएको छ।
सरकारले बजेटमार्फत पेट्रोलियम पदार्थमा प्रतिलिटर १ रुपैयाँ हरित कर लगाएको छ। तर भारतबाट कम मूल्यमा आयात भएका कारण नेपाली बजारमा पनि मूल्य घटेको निगमले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।