• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

आलु प्याजमा भ्याट छुटः व्यापारीलाई थपियो उत्साह, किसानलाई लागत मूल्य नपाउने त्रास

64x64
कल्पना घिमिरे शुक्रबार, जेठ १८, २०८१  १६:१२
1140x725

काठमाडौं – चालू आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत सरकारले आलु प्याज र स्याउमा भ्याट लगाउने घोषणा गरेको थियो। तत्कालिन अर्थमन्त्री प्रकाशसरण महतले बजेटसँगै आर्थिक विधेयक –२०८० मार्फत तरकारीतर्फ सरकारले आलु र प्याज (हरियोबाहेक) फलफूलतर्फ स्याउमा १३ प्रतिशत भ्याट लगाउने घोषणा गरेका थिए।

आलु, प्याज, स्याउमा भारत र चीनबाट स्थलमार्गबाट आउँदा १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट र अग्रिम आयकर १.५ प्रतिशत लाग्ने व्यवस्था गरेको थियो। सरकारको सो निर्णयलाई विरोध गर्दै आलुप्याज व्यवसायीले आलुप्याज व्यापार समेत ठप्प पारेका थिए। त्यसपछि सरकारले नेपालमा उत्पादन हुने बाहेकका आयातित आलुप्याजमा भ्याट लगाउने निर्णय गरेको थियो।

र त्यस यता बाहिरी मुलुकबाट आयात हुने आलु प्याज र स्याउमा १३ प्रतिशत भ्याट लगाउँदै आएको थियो। सो निर्णयले स्वदेशी उत्पादनलाई राहत मिलेको थियो भने आयाति आलु प्याज र  स्याउलाई निरुत्साहित हुने सरोकारवालाहरुको दावी थियो। बजारमा नेपाली आलु सहजै बिक्री हुन थालेको थियो।

तर मंगलबार आगामी आर्थिक वर्ष २०८१÷०८२ वजेट वक्तव्य प्रस्तुत गर्दै अर्थ मन्त्री वर्षमान पुनले आलु प्याज र भ्याटमा लगाएको कर हटाउने घोषणा गरे। उक्त घोषणालाई केही व्यवसायीहरुले स्वागतयोग्य रहेको बताउँदै आएका छन्।

नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष कम्लेशकुमार अग्रवालले नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको कार्यक्रममा बोल्दै आलु प्याज र स्याउमा लगाएको भ्याट हटाउने निर्णय स्वागतयोग्य बताए।

यस्तै आलु प्याज व्यवसायि संघका महासचिव प्रकाश गजुलेरले सरकारले आलु प्याजमा कर छुट दिँदा बजारमूल्य समायोजन हुने बताउँछन्। 

‘सरकारले यसअघि लगाएको १३ प्रतिशत करले हामीलाई व्यवसाय गर्न कठिन परिस्थिती सिर्जना गरेको थियो। पछि हामीले विरोध गरेपछि आयातितलाई मात्रै भ्याट भनियो, तर नीतिगत रुपमा परिवर्तन भएको तिएन। तर अहिलेको सरकारको निर्णयले हामीलाई व्यवसाय गर्न पनि सहज हुन्छ र बजार मूल्य समायोजन भएर उपभोक्तालाई सहज हुन्छ। यो नेपालीका लागि एकदमै राम्रो कुरा हो,’ उनले भने।

यो निर्णले किसानलाई पनि मर्का नपर्ने उनको भनाई छ। सरकारले लगाएको १३ प्रतिशत कर हटाएर भन्सार विदुमा १० प्रतिशत शुल्क लगाएका कारण आयातितभन्दा आन्तरिक आलु नै बढि खपत हुने बताए।

Ncell 2
Ncell 2
nimb
nimb

तर खुला सिमाका कारण यी वस्तु चोरी पैठारी हुँदा लागतअनुसार मूल्य नपाउने समस्या आउनसक्ने उनको भनाई छ। जसका लागि सरकारले नीतिगत परिवर्तन गरेर अगाडी बढ्नु पर्ने उनको भनाइ छ।

प्याजको सन्दर्भमा भने शतप्रतिशत नै जस्तो प्याज बाहिरी मुलुकबाट आयात गर्नुपर्ने अवस्था रहेको छ। यसमा १३ प्रतिशत छुट हुँदा व्यवसायीलाई सहज वातावरण बनेको उनको भनाई छ। 
तर आलु सस्तो मूल्यमा आयात गर्न पाउने हुँदा व्यापारीहरुलाई रातह मिल्ने तर नेपाली किसानहरुको उत्पादनले बजार नपाएर किसान निरुत्साहित हुने अवस्था आउन सक्ने विज्ञहरुले आंकलन गरेका छन्।

आन्तरिक उत्पादन आलुले ८८ प्रतिशत माग धान्न सक्छ भने १२ प्रतिशत आयात गर्नुपर्ने अवस्था रहेको विज्ञहरु बताउँछन्। बिहिबार काठमाडौंमा भएको ‘पोट्याटो समिट २०२४ कार्यक्रममा बोल्र्दै तरकारी बाली विकास केन्द्रका बागवानी विकास अधिकृत डोलराज पाण्डेले आलु उत्पादनमा जोड दिएर लागि परे आन्तरिक उत्पादनले नै पुग्ने बताए।

‘आन्तरिक उत्पादनले खान पुगिरहेको छ। कूल खपत हुने आलुमध्ये करिब ९० प्रतिशत आन्तरिक उत्पादन र १० प्रतिशत आयातित छ। आयात हुने आलु औद्योगिक प्रयोजनको लागि हा,’उनले भने,‘आयात हुने आलु मुख्य गरी रेस्टुरेन्टमा फ्रेन्ज फ्राईको लागि प्रयोग भएको छ।’
यस्तो आलु वार्षिक ८ अर्ब रुपैयाँ बराबरको आयात हुँदै आएको उनको भनाइ छ।

Xtrem

Xtrem

अहिले किसानले आफ्नो उत्पादन आलुमा राम्रो मूल्य पाइरहेको तर सरकारले आलुमा १३ प्रतिशत कर हटाएपछि लागत मूल्य समेत पाउन नसक्ने अवस्था आउने काभ्रे पनौतिका किसान देवकृष्ण मानन्धर बताउँछन्।

‘चालू वर्षको बजेटले किसानमा हौसला बढाएको थियो। तर आगामी वर्षको बजेटले किसान सिधै मर्कामा पर्ने र व्यापारीका दुवै हातमा लड्डु हुने देखियो। सरकारले व्यापारी पोस्ने गरी बजेट ल्यायो ,’ उनले भने।

सरकारले भ्याट छुट गर्ने वित्तिकै व्यापारीले भारतबाट सस्तो मूल्यमा आयात गर्न पाउने र किसानको लागत बढि लाग्ने हुँदा लागत मूल्य नै नपाउने डर हुने मानन्धर बताउँछन्।

‘अहिले प्रतिकिलो ४५ रुपैयाँ पाएका छौँ। यो लागत मूल्य पाएर नाफा पनि छ। यो किसानका लागि राम्रै हो। अब भारतबाट सस्तोमा आयात गर्नथालेपछि व्यापारीले प्रतिकिलो २८/२९ रुपैयाँ पनि दिँदैनन्। त्यतिले किसानको लागतै उठ्दैन,’ उनले भने। सरकारले जताबाट पनि किसानलाई मर्का पारेको उनी बताउँछन्।
 

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १६:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । बुधबार, असोज १४, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ... बुधबार, असोज १४, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने प्राधिकरणले असोज १२ गते सोमबार साँझदेखि प्रणालीको परीक्षणसमेत गरिसकेको छ। प्रणाली सञ्चालनमा आएपछि बीमा कम्पनीले आफूखुसी सर्भेयर छनोट... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
सुजुकीको दसैं–तिहार अफर : १ लाख रुपैयाँसम्म छुट, ३६ महिनासम्म शून्य ब्याज बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने महाकाली नदीको झोलुङ्गे पुल चुँडियो बुधबार, असोज १४, २०८३
प्रधानमन्त्रीको परिणाममुखी भारत भ्रमण हुनेछ: परराष्ट्रमन्त्री खनाल बुधबार, असोज १४, २०८३
जापानमा जनसंख्या घट्दो, वृद्ध नागरिक बढ्दो बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्