• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस १८, २०८२ Fri, Jan 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

आलु प्याजमा भ्याट छुटः व्यापारीलाई थपियो उत्साह, किसानलाई लागत मूल्य नपाउने त्रास

64x64
कल्पना घिमिरे शुक्रबार, जेठ १८, २०८१  १६:१२
1140x725

काठमाडौं – चालू आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत सरकारले आलु प्याज र स्याउमा भ्याट लगाउने घोषणा गरेको थियो। तत्कालिन अर्थमन्त्री प्रकाशसरण महतले बजेटसँगै आर्थिक विधेयक –२०८० मार्फत तरकारीतर्फ सरकारले आलु र प्याज (हरियोबाहेक) फलफूलतर्फ स्याउमा १३ प्रतिशत भ्याट लगाउने घोषणा गरेका थिए।

आलु, प्याज, स्याउमा भारत र चीनबाट स्थलमार्गबाट आउँदा १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट र अग्रिम आयकर १.५ प्रतिशत लाग्ने व्यवस्था गरेको थियो। सरकारको सो निर्णयलाई विरोध गर्दै आलुप्याज व्यवसायीले आलुप्याज व्यापार समेत ठप्प पारेका थिए। त्यसपछि सरकारले नेपालमा उत्पादन हुने बाहेकका आयातित आलुप्याजमा भ्याट लगाउने निर्णय गरेको थियो।

र त्यस यता बाहिरी मुलुकबाट आयात हुने आलु प्याज र स्याउमा १३ प्रतिशत भ्याट लगाउँदै आएको थियो। सो निर्णयले स्वदेशी उत्पादनलाई राहत मिलेको थियो भने आयाति आलु प्याज र  स्याउलाई निरुत्साहित हुने सरोकारवालाहरुको दावी थियो। बजारमा नेपाली आलु सहजै बिक्री हुन थालेको थियो।

तर मंगलबार आगामी आर्थिक वर्ष २०८१÷०८२ वजेट वक्तव्य प्रस्तुत गर्दै अर्थ मन्त्री वर्षमान पुनले आलु प्याज र भ्याटमा लगाएको कर हटाउने घोषणा गरे। उक्त घोषणालाई केही व्यवसायीहरुले स्वागतयोग्य रहेको बताउँदै आएका छन्।

नेपाल चेम्बर्स अफ कमर्सका अध्यक्ष कम्लेशकुमार अग्रवालले नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको कार्यक्रममा बोल्दै आलु प्याज र स्याउमा लगाएको भ्याट हटाउने निर्णय स्वागतयोग्य बताए।

यस्तै आलु प्याज व्यवसायि संघका महासचिव प्रकाश गजुलेरले सरकारले आलु प्याजमा कर छुट दिँदा बजारमूल्य समायोजन हुने बताउँछन्। 

‘सरकारले यसअघि लगाएको १३ प्रतिशत करले हामीलाई व्यवसाय गर्न कठिन परिस्थिती सिर्जना गरेको थियो। पछि हामीले विरोध गरेपछि आयातितलाई मात्रै भ्याट भनियो, तर नीतिगत रुपमा परिवर्तन भएको तिएन। तर अहिलेको सरकारको निर्णयले हामीलाई व्यवसाय गर्न पनि सहज हुन्छ र बजार मूल्य समायोजन भएर उपभोक्तालाई सहज हुन्छ। यो नेपालीका लागि एकदमै राम्रो कुरा हो,’ उनले भने।

यो निर्णले किसानलाई पनि मर्का नपर्ने उनको भनाई छ। सरकारले लगाएको १३ प्रतिशत कर हटाएर भन्सार विदुमा १० प्रतिशत शुल्क लगाएका कारण आयातितभन्दा आन्तरिक आलु नै बढि खपत हुने बताए।

Ncell 2
Ncell 2

तर खुला सिमाका कारण यी वस्तु चोरी पैठारी हुँदा लागतअनुसार मूल्य नपाउने समस्या आउनसक्ने उनको भनाई छ। जसका लागि सरकारले नीतिगत परिवर्तन गरेर अगाडी बढ्नु पर्ने उनको भनाइ छ।

प्याजको सन्दर्भमा भने शतप्रतिशत नै जस्तो प्याज बाहिरी मुलुकबाट आयात गर्नुपर्ने अवस्था रहेको छ। यसमा १३ प्रतिशत छुट हुँदा व्यवसायीलाई सहज वातावरण बनेको उनको भनाई छ। 
तर आलु सस्तो मूल्यमा आयात गर्न पाउने हुँदा व्यापारीहरुलाई रातह मिल्ने तर नेपाली किसानहरुको उत्पादनले बजार नपाएर किसान निरुत्साहित हुने अवस्था आउन सक्ने विज्ञहरुले आंकलन गरेका छन्।

आन्तरिक उत्पादन आलुले ८८ प्रतिशत माग धान्न सक्छ भने १२ प्रतिशत आयात गर्नुपर्ने अवस्था रहेको विज्ञहरु बताउँछन्। बिहिबार काठमाडौंमा भएको ‘पोट्याटो समिट २०२४ कार्यक्रममा बोल्र्दै तरकारी बाली विकास केन्द्रका बागवानी विकास अधिकृत डोलराज पाण्डेले आलु उत्पादनमा जोड दिएर लागि परे आन्तरिक उत्पादनले नै पुग्ने बताए।

‘आन्तरिक उत्पादनले खान पुगिरहेको छ। कूल खपत हुने आलुमध्ये करिब ९० प्रतिशत आन्तरिक उत्पादन र १० प्रतिशत आयातित छ। आयात हुने आलु औद्योगिक प्रयोजनको लागि हा,’उनले भने,‘आयात हुने आलु मुख्य गरी रेस्टुरेन्टमा फ्रेन्ज फ्राईको लागि प्रयोग भएको छ।’
यस्तो आलु वार्षिक ८ अर्ब रुपैयाँ बराबरको आयात हुँदै आएको उनको भनाइ छ।

अहिले किसानले आफ्नो उत्पादन आलुमा राम्रो मूल्य पाइरहेको तर सरकारले आलुमा १३ प्रतिशत कर हटाएपछि लागत मूल्य समेत पाउन नसक्ने अवस्था आउने काभ्रे पनौतिका किसान देवकृष्ण मानन्धर बताउँछन्।

‘चालू वर्षको बजेटले किसानमा हौसला बढाएको थियो। तर आगामी वर्षको बजेटले किसान सिधै मर्कामा पर्ने र व्यापारीका दुवै हातमा लड्डु हुने देखियो। सरकारले व्यापारी पोस्ने गरी बजेट ल्यायो ,’ उनले भने।

सरकारले भ्याट छुट गर्ने वित्तिकै व्यापारीले भारतबाट सस्तो मूल्यमा आयात गर्न पाउने र किसानको लागत बढि लाग्ने हुँदा लागत मूल्य नै नपाउने डर हुने मानन्धर बताउँछन्।

‘अहिले प्रतिकिलो ४५ रुपैयाँ पाएका छौँ। यो लागत मूल्य पाएर नाफा पनि छ। यो किसानका लागि राम्रै हो। अब भारतबाट सस्तोमा आयात गर्नथालेपछि व्यापारीले प्रतिकिलो २८/२९ रुपैयाँ पनि दिँदैनन्। त्यतिले किसानको लागतै उठ्दैन,’ उनले भने। सरकारले जताबाट पनि किसानलाई मर्का पारेको उनी बताउँछन्।
 

प्रकाशित मिति: शुक्रबार, जेठ १८, २०८१  १६:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर बिहीबार, पुस १७, २०८२
पाँच महिनामा ४ खर्ब ९ अर्ब ७८ करोड राजश्व संकलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा राजश्व संकलन १ दशमलव ६८ प्रतिशतले वृद्धि भएको छ। अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेयले प्... मंगलबार, पुस १५, २०८२
ह्वात्तै घट्यो सुनचाँदीको भाउ मंगलबार सुनको भाउ ७ हजार ९ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं बिहीबार, पुस १७, २०८२
कालिकोटबाट प्रचण्डको नाम एकल सिफारिस बिहीबार, पुस १७, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग आयोगद्वारा छलफल बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
निकोलस भुसाललाई अस्पताल लगियो बुधबार, पुस १६, २०८२
सुनसरीको लौकही बजार तनावग्रस्त, स्थिती नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रु ग्यास बिहीबार, पुस १७, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्