बुटवल- गर्मी अत्यधिक बढेको भन्दै रुपन्देहीस्थित तिलोत्तमा नगरपालिकाका विद्यालयमा एक महिना गर्मी बिदा दिइएको छ।
नगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै नगर भित्र रहेका सामुदायिक र संस्थागत सबै विद्यालय जेठ १८ गतेदेखि असार १४ गतेसम्म बन्द गर्ने निर्णय गरेको जनाएको छ।
नगर प्रमुख रामकृष्ण खाँणले जारी गरेको विज्ञप्तिमा अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पर्ने र पठनपाठन सञ्चालन गर्न समस्या भएकाले बिदा दिइएको उल्लेख छ।
केही दिन यता बुटवल लगायत तराई-मधेसमा अत्यधिक गर्मी बढेपछि जनजीवन कष्टकर बनेको छ। तराईका धेरै जिल्लाका विद्यालय बन्द गरिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।