काठमाडौं- नेपाल मेडिकल काउन्सिलको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक भएको छ। गत सोमबारदेखि सञ्चालित परीक्षामा ५४.६२ प्रतिशत उत्तीर्ण भएको काउन्सिलले जनाएको छ।
एमबीबीएसतर्फ १ हजार ३५६ जना सहभागी थिए। उनीमध्ये ७ सय ५१ जना (५५.३८ प्रतिशत) परीक्षार्थी उत्तीर्ण भएका छन्। दुई जनाको नतिजा भने विथहेल्डमा राखिएको छ। बीडीएसतर्फ २९९ जना परीक्षामा सहभागी भएका थिए । ती मध्ये १५३ जना (५१.१७ प्रतिशत) उत्तीर्ण भएका छन् ।
पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानमा सोमबारदेखि आजसम्म परीक्षा जारी थियो। परीक्षा सकिएको केही समयमै नतिजा प्रकाशित गरिएको हो।
नतिजाका लागि यहाँ क्लिक गर्नुहोस्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।