• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

६ वटा सरकारी प्रतिष्ठानमा एमबीबीएस कार्यक्रम सुरु गर्ने तयारी

64x64
नेपाल लाइभ बुधबार, जेठ ९, २०८१  ०६:५१
1140x725

काठमाडौं - सरकारका विभिन्न ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु आगामी शैक्षिक सत्रदेखि नै चिकित्सा शिक्षा अन्तर्गत स्नातक तहको एमबीबीएस कार्यक्रम सुरु गर्न पाठ्यक्रम तयारीमा जुटेका छन्। ६ वटा प्रतिष्ठानले तीन दिनसम्म विज्ञहरुसँग बसेर छलफल गर्दै पाठ्यक्रमका लागि पहिलो चरणमा साझा ढाँचा (फ्रेमवर्क) तयार पारेका छन्।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको संयुक्त आयोजनामा पाठ्यक्रम तयार पार्ने काम भइरहेको हो। पहिलो चरणमा धुलिखेलमा भएको तीन दिने छलफलमा पाठ्यक्रमको फ्रेमवर्क तयार भएको हो।

अब त्यही फ्रेमवर्कमा टेकेर सबै प्रतिष्ठानका प्रतिनिधिहरु सम्मिलित एउटा कार्यदल बनाएर पाठ्यक्रम निर्माणका लागि थप काम अगाडि बढ्ने न्याम्सका उपकुलपति प्राडा भुपेन्द्र बस्नेतले जानकारी दिए। 'सबै प्रतिष्ठानका पदाधिकारीहरु र विज्ञहरुसँग भएको तीनदिने छलफलले पाठ्यक्रम निर्माणका लागि एउटा आधार तयार पारेको छ,' उनले भने, 'अब एउटा कार्यदल बनाएर थप गहन छलफल तथा गृहकार्य गरेर पाठ्यक्रम तयार पार्ने काम हुन्छ। उक्त कार्यदलमा ६ वटै प्रतिष्ठानका प्रतिनिधिहरु रहनेछन्।'

न्याम्सका डीन डा अशेष ढुंगानाले तीन दिने छलफल निकै फलदायी रहेको र पाठ्यक्रम निर्माणका लागि आधार तयार भएको बताए। 'छलफल निकै फलदायी भयो। छलफलमा आएका सुझाब र उठाइएका विषयहरुलाई सुक्ष्म रुपमा विश्लेषण गर्दै पाठ्यक्रम निर्माणको काम अगाडि बढ्छ,' उनले भने, 'छलफलपछि अब हाम्रो देशको आवश्यकता र भूगोल हेरेर पाठ्यक्रम निर्माण हुन्छ।'

तीन दिने संयुक्त छलफलमा चिकित्सा शिक्षा आयोगको एमबीबीएस सम्बन्धि पाठ्यक्रमको फ्रेमवर्क, न्याम्स र पोखरा स्वास्थ्य विज्ञानले तयार पारेका पाठ्यक्रमको फ्रेमवर्क र प्रारम्भिक मस्यौदा प्रस्तुत गर्दै छलफललाई अगाडि बढाइएको थियो। त्यसपछि एमबीबीएसको पाठ्यक्रममा रहेने विषयवस्तुहरुलाई विभिन्न समूहमा विभाजन गर्दै सुझाब लिने काम भएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

छलफलमा छ वटै प्रतिष्ठानका उपकुलपति, रेक्टार, डिन, रजिष्ट्रार लगायतका प्रतिनिधिहरु सहभागी भएका थिए। यसका साथै प्रतिष्ठानसँग जोडिएका अन्य प्रतिनिधिहरु र विज्ञहरुको पनि सहभागिता रहेको थियो। 'झण्डै एक सय जना जति विज्ञहरुसँग पाठ्यक्रमका विषयमा छलफल भएको छ,' उपकुलपति डा बस्नेतले भने।

डा बस्नेतका अनुसार सरकारका ६ वटै प्रतिष्ठानमा यसै वर्षदेखि पठनपाठन सुरु हुने हो भने ६ सय जनाले एमबीबीएस अध्ययन गर्न पाउने ढोका खुल्ने छ। जसमध्ये ४५० जनाले छात्रवृत्तिमा एमबीबीएस अध्ययन गर्न पाउने छन्।

'सरकारका यी ६ वटै प्रतिष्ठानसँग पर्याप्त मात्रामा फ्याकल्टी छ। अस्पताल छ। बिरामीको संख्या पनि पर्याप्त छ। अब केही बेसिक साइन्सका फ्याकल्टी र कक्षाकोठा थप्ने हो भने सबै मापदण्ड पूरा हुने छ,' डा बस्नेतले भने, 'सबै मापदण्ड पूरा भएका कलेजलाई चिकित्सा शिक्षा आयोगले बढीमा एक सय कोटा दिने हो भने ६ सय विद्यार्थीलाई एमबीबीएस अध्ययनको ढोका खुल्ने छ।'

Xtrem
Xtrem

पाठ्यक्रमलाई सेमेस्टर प्रणाली अनुसार तयार पार्ने, अध्ययनका क्रममा विद्यार्थीहरु फेल भए भने उनीहरुको पुन परीक्षा (ब्यारिएर), पाठ्यभारहरु ओभरल्याप हुने र डुब्लिकेसन हुने विषय, बेसिक र क्लिनिकल साइन्सका लगायतका विषयमा धेरै नै छलफल भएको छलफलमा सहभागि प्रतिनिधिहरुले बताएका छन्।

प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  ०६:५१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एआईआईबी बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले दोहा पुगे, चार देशका समकक्षीसँग भेटवार्ता हुने
४८ वर्षको वर्षा अभिलेख तोडियो, सिमिकोटमा २४ घण्टामै ११४.८ मिलिमिटर पानी
कान्तिलोक पथमा खसेको पहिरो हटाइयो
सम्बन्धित सामग्री
धाप ड्यामको विशेष निगरानीमा रहेको भन्दै विभागले भन्यो- आत्तिनुपर्ने अवस्था छैन धाप बाँधको जलाशयमा पानीको सामान्य सतह समुद्री सतहबाट २०८७ दशमलव १४ मिटर रहेको छ। पानीको सतह उक्त उचाइभन्दा माथि पुगेमा अतिरिक्त पानी... शनिबार, असोज १०, २०८३
लामो समय कुर्सीमा एउटै पोजिसनमा बस्नुहुन्छ ? ख्याल गरौ हुन सक्छ मुटु रोगको जोखिम मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार लामो समयसम्म कुर्सीमा एउटै पोजिसनमा बस्दा मांशपेशी सक्रिय नहुनु, कम मेटाबोलिक माग र... शनिबार, असोज १०, २०८३
आज इन्द्रजात्रा पर्व मनाइँदै वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी आज इन्द्रजात्रा पर्व मनाउने गरिन्छ। शुक्रबार, असोज ९, २०८३
ताजा समाचारसबै
एआईआईबी बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले दोहा पुगे, चार देशका समकक्षीसँग भेटवार्ता हुने शनिबार, असोज १०, २०८३
४८ वर्षको वर्षा अभिलेख तोडियो, सिमिकोटमा २४ घण्टामै ११४.८ मिलिमिटर पानी शनिबार, असोज १०, २०८३
कान्तिलोक पथमा खसेको पहिरो हटाइयो शनिबार, असोज १०, २०८३
बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध शनिबार, असोज १०, २०८३
शशांक कोइराला : ‘नयाँ जोशका साथ १५औँ महाधिवेशनमा जाँदैछौँ’ शनिबार, असोज १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
विद्याको प्रवेशले हलचल: बदलिएला एमालेको आन्तरिक राजनीति ? शुक्रबार, असोज ९, २०८३
७७ जिल्ला तीन तहमा विभाजन, २५ मा भोलि यातायात पूर्ण बन्द शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्