• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, पुस १८, २०८२ Fri, Jan 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

मौद्रिक नीतिको तेस्रो समीक्षा : कर्जा विस्तार गरी अर्थतन्त्र चलायमान बनाउने राष्ट्र बैंकको निष्कर्ष

64x64
कल्पना घिमिरे शुक्रबार, जेठ ४, २०८१  २०:३०
1140x725

काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ। बैंकले घर कर्जा, अटो कर्जा तथा र सेयर बजार चलायमान बनाई अर्थतन्त्र चलायमान बनाउने गरी मौद्रिक नीतिको समीक्षा सार्वजनिक गरेको छ।

हाल ५.०७ प्रतिशत रहेको कर्जा विस्तारलाई ७ प्रतिशत पुर्‍याउने लक्ष्य राष्ट्र बैंकको रहेको छ। सोही अनुसार बैंकले मौद्रिक नीतिमार्फत घरजग्गा र अटोमोबाइल क्षेत्रमा जाने कर्जामा सहजीकरण गर्ने गरी व्यक्तिगत घरजग्गा खरिदमा कर्जा आम्दानी अनुपात बढाउने तथा हायर पर्चेज कर्जाको जोखिम भार घटाउने नीति लिएको हो। 

अहिले २५ लाखभन्दा माथिको हायर पर्चेज कर्जाको जोखिम भार १ सय २५ प्रतिशत रहेकोमा घटाएर १ सय प्रतिशत बनाइएको छ। उक्त कर्जा करिब १५ अर्ब बराबर रहेको र जोखिम भार घटाउँदा साढे ३ अर्ब कर्जा विस्तार गर्ने क्षमता बढ्ने राष्ट्र बैंक नियमन विभाग प्रमुख गुरुप्रसाद पौडेलले बताए।

यस्तै घरजग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपातलाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेस गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिने राष्ट्र बैंको नीतिमा उल्लेख छ। 

यस्तै आन्तरिक तथा वाह्य आर्थिक स्थिति र परिदृश्यका आधारमा समेत विद्यमान ५.५ प्रतिशतको नीतिगत दर, ब्याजदर करिडोर अन्तर्गतको ३.० प्रतिशतको निक्षेप संकलन दर र ७.० प्रतिशतको बैंक दरलाई यथावत राखिएको राष्ट्र बैंकले जनाएको छ।

विद्यमान अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपात सम्बन्धी व्यवस्थालाई यथावत राखिएको छ। ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन स्थायी निक्षेप सुविधा प्रदान गर्ने व्यवस्थामा आवश्यक पुनरावलोकल गरिने बैंकले जनाएको छ।

यस्तै राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामा कमजोर पूँजीगत खर्च अध्ययन तथा वैदेशिक रोजागारीमा जाने युवा बढेका कारण मागमा आएको कमीका साथै घरजग्गा कारोबारमा देखिएको शिथिलता र सहकारी समस्याले आर्थिक वृद्धि कम हुने देखिएको जनाएको छ।

हालै मात्रै राष्ट्र बैंक ऐन संशोधनमार्फत सहकारी अनुगमन तथा नियमन मापदण्ड बनाउने, अनुगमन गर्ने र कारबाही गर्ने अधिकार समेत राष्ट्र बैंकलाई दिइएको छ।

Ncell 2
Ncell 2

बैंकहरुलाई सेयर बिक्रीमा नयाँ व्यवस्था
बैंक तथा वित्तीय संस्थाले आफ्नो लगानी रहेको सेयर बिक्री गर्न पाउनेबारे नयाँ व्यवस्था गरिने भएको छ। मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत सेयरमा लगानी गरेको १ वर्ष बितिसकेको छ भने पनि एक आर्थिक वर्षमा प्राथमिक पुँजीको २० प्रतिशत बेच्न पाउने व्यवस्था गर्ने घोषणा गरेको हो।

चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै केन्द्रीय बैंकले भनेको छ, ‘बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतित भइसकेका लगानीमध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था मिलाइनेछ।’

केन्द्रीय बैंकका नियमन विभाग प्रमुख गुरूप्रसाद पौडेलले सहजीकरण हुने गरी चाँडै नै हाल कायम व्यवस्था संशोधन गरिने बताए।

असल कर्जाको प्रोभिजन घट्यो
बैंक तथा वित्तीय संस्थाहरुद्वारा प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाहरु लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतत रहेकोमा राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत घटाएर १.२० प्रतिशत कायम गरेको छ।

जसअनुसार राष्ट्र बैंकले असल ऋणको लागि छुट्याउनुपर्ने कर्जा नोक्सानी व्यवस्था (प्रोभिजन) ०.०५ प्रतिशतले घटाएको छ।
यसले वाणिज्य बैंकहरुलाई असल ऋण वापत गरेको कर्जा नोक्सानी व्यवस्थाबाट २० अर्ब हाराहारी रकम ऋण दिन थप सहजता प्राप्त हुन्छ।

चाँदी आयातको सीमा बढाउने
राष्ट्र बैंकले चाँदी आयातलाई व्यवस्थित बनाउने नीति लिएको छ। चाँदी आयात गरेर स्वदेश भित्र सामान बनाएर बिक्री गर्ने व्यवसायीलाई सहजीकरण गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तथा सुनचाँदी आयात संघले सिफारिस गरेकाले चाँदी आयात सम्बन्धी व्यवस्थामा सहजीकरण गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ।

अहिले व्यवसायीले एक पटकमा ६० हजार डलरसम्मको चाँदी ल्याउन पाउनेले उक्त सीमालाई बढाउने राष्ट्र बैंकको तयारी छ। चाँदी आयातमा ६० हजार डलरको सीमा तोकिँदा नेपालमा भारतबाट चाँदीको तस्करी भइरहेको व्यवसायीहरुले बताउँदै आएका छन्।

पछिल्लो समय सीमावर्ती बजारमा प्रहरीले तस्करीको चाँदी नियन्त्रणमा लिनुका साथै हाल विदेशी मुद्राको सञ्चिति समेत पर्याप्त भएपछि चाँदी आयातको सीमा बढाउने निष्कर्षमा राष्ट्र बैंक पुगेको हो।

आगामी वर्ष सजगतापूर्ण लचिलो मौद्रिक नीति ल्याउने घोषणा 
राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि सजगतापूर्ण लचिलो मौद्रिक नीति ल्याउने घोषणा गरेको छ। चालु आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवदेन सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीति ल्याउने बताएको छ।

आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिको तेस्रो समीक्षामार्फत राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यदिशालाई सजगतापूर्ण लचिलो बनाउने बताएको थियो। त्यसअघि सजगतापूर्ण कसिलो मौद्रिक नीति लागू गर्दै गर्दै आएको केन्द्रीय बैंकले विस्तारै लचिलो मौद्रिक नीति अपनाउन थालेको हो।

राष्ट्र बैंकले पछिल्लो आन्तरिक एवं बाह्य आर्थिक स्थिति र परिदृश्यका आधारमा वार्षिक मौद्रिक नीतिमा लिइएको सजगतापूर्वक लचिलो कार्यदिशालाई निरन्तरता दिइएको जनाएको छ।

‘आन्तरिक आर्थिक गतिविधि एवं मुद्रास्फीतिको अवस्था साथै नेपाल सरकारको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेटलाई दृष्टिगत गरी आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति तर्जुमा गर्दा यथोचित व्यवस्था गरिनेछ,’ मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा भनिएको छ।

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  २०:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
सामान्य अंकले बढ्यो नेप्से सोमबारको तुलनामा मंगलबार शून्य दशमलव शून्य तीन प्रतिशतले बढेर नेप्से २५ सय ८२ दशमलव २३ विन्दुमा बन्द भएको छ । मंगलबार, पुस ८, २०८२
दोहोरो अंकले घट्यो नेप्से अघिल्ला तीन कारोबार दिन लगातार बढिरहेको नेप्से बिहीबार १०.६६ अंकले घटेको हो । बुधारको तुलनामा ०.४० प्रतिशतले घटेपछि समग्र नेप्से २ ह... बिहीबार, पुस ३, २०८२
कारोबारसँगै बढ्यो सेयर बजार काठमाडौँ - बुधबार सेयर बजार ५.७० अंक बढेको छ। सो वृद्धिपछि नेप्से २६२५ अंकमा कायम भएको छ। बुधबार, पुस २, २०८२
ताजा समाचारसबै
आइतबारसम्म सम्झौता नगरे आन्दोलन गर्छौं : दुर्गा प्रसाईं बिहीबार, पुस १७, २०८२
कालिकोटबाट प्रचण्डको नाम एकल सिफारिस बिहीबार, पुस १७, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग आयोगद्वारा छलफल बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
निकोलस भुसाललाई अस्पताल लगियो बुधबार, पुस १६, २०८२
सुनसरीको लौकही बजार तनावग्रस्त, स्थिती नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रु ग्यास बिहीबार, पुस १७, २०८२
विशेष महाधिवेशन गर्ने कांग्रेस महामन्त्रीद्वयको निर्णयपछि भृकुटीमण्डपको हल बुक बिहीबार, पुस १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
पाकिस्तानी सेनाकै गढ रावपिन्डीमा हिन्दू विरासतको अन्त्य, कुनैबेलाका बहुसंख्यक, अहिले अस्तित्व नै खतरामा आइतबार, पुस १३, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्