काठमाडौं- मितेरी डेभलपमेन्ट बैंकले लगानीकर्तालाई बोनस सेयर दिने भएको छ। बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।
_x000D__x000D_
जसअनुसार बैंकले लगानीकर्तालाई ८ करोड ५० लाख रुपैयाँ बराबरको बोनस र करप्रयोजनको लागि ४४ लाख ७३ हजार ६ सय ८४ रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको हो। बैंकले प्रस्ताव गरेको लाभांश लगानीकर्ताले भने राष्ट्र बैंक र बैंकको अगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।