काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस भएका नवीनकुमार घिमिरेको संसदीय सुनुवाइ सुरु भएको छ।
_x000D_
_x000D_
भदौ २० गते बसेको संवैधानिक परिषद्को बैठकले घिमिरेलाई सिफारिस गरेको थियो।
_x000D_
_x000D_
भदौ २४ मा संसदीय सुनुवाइ समितिले उजुरी आह्वान गरेको थियो। तर घिमिरेविरुद्ध संसदीय सुनुवाइ विशेष समितिमा कुनै पनि उजुरी दर्ता भएनन्। संसदीय समितिले असोज १ गतेभित्र समितिमा आफैं आएर वा जिल्ला प्रशासन कार्यालयमार्फत् उजुरी पठाउन सूचनामा भनिएको छ।
_x000D_
_x000D_
'भष्ट्राचार रोक्नु चुनौती हो, खरो उत्रिन्छु'
_x000D_
_x000D_
घिमिरेले भ्रष्टाचार नियन्त्रण गर्नु आफ्नो चुनौती भएको र त्यसमा खराे उत्रिने बताएका छन्। संसदीय सुनुवाइमा उनले संसदहरुलाई यस्तो बताएका हुन्।
_x000D_
_x000D_
'सुशासन र समृद्धिका लागि भ्रष्टाचार नियन्त्रण गर्नै पर्छ', घिमिरेले भने, 'म पदमा रहेसम्म त्यसका पक्षमा काम गर्छु।'
_x000D_
_x000D_
घिमिरेले आयोगको क्षमता वृद्धि गर्नुपर्ने आवश्यकता समेत औंल्याए। 'अनुसन्धानका लागि क्षमता वृद्धि गर्न पर्ने देखिएकाे छ', उनले भने, 'अब मानिस सिधै घुस लिन छाेडे याे अायाेगकाे चुनाैती हाे।'
_x000D_
_x000D_
यो पनि पढ्नुहोस्ः
_x000D_
_x000D_
अख्तियार प्रमुखमा नवीन घिमिरे सिफारिस
_x000D_
_x000D_
अख्तियारका प्रस्तावित प्रमुख आयुक्त घिमिरेविरुद्ध उजुरी आह्वान
_x000D_
_x000D_
अख्तियार प्रमुखमा सिफारिस घिमिरेविरुद्ध उजुरी नै परेनन्, बिहीबार संसदीय सुनुवाइ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।