काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दाँतको उपचार गराउन वीर अस्पताल पुगेका छन्।
बिहानदेखि दाँत दुखिरहेपछि उनी उपचारका लागि अस्पताल पुगेको उनको सचिवालयले जनाएको छ।
डा रितु श्रेष्ठ नेतृत्वको टिमले उनको उपचार गरिरहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।