• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

बेथिति र अव्यवस्थाले उठ्‌न दिएन सामुदायिक विद्यालयको स्तर

64x64
रासस बुधबार, वैशाख २६, २०८१  १५:०१
1140x725

तुलसीपुर- दाङको राप्ती गाउँपालिका–५ पहरुवास्थित बालकल्याण आधारभूत विद्यालयको कक्षा ७ को बोर्ड (कालोपाटी) फुटेको तीन वर्ष भयो। १२ वर्षअघि खरिद गरेको त्यो बोर्ड फुटेको तीन वर्ष हुँदा पनि नयाँ ल्याइएको छैन। त्यही पुरानै बोर्डमा कक्षा सञ्चालन भइरहेको छ। कक्षा ८ सम्म सञ्चालित उक्त विद्यालयमा एक सय ५५ विद्यार्थी छन्।  

सोही पालिकाको वडा नम्बर ४ स्थित जनज्योति आधारभूत विद्यालय नयाँ गाउँमा एउटै कक्षामा कम्प्युटर ल्याब र सोही कोठामा शिक्षकहरु बस्ने कोठा छ। यसले गर्दा विद्यार्थीहरुलाई पठनपाठनमा समस्या भएको छ। कक्षा ८ सम्म सञ्चालित यस विद्यालयमा दुई सय ४६ विद्यार्थी अध्ययनरत छन्।  

राप्ती गाउँपालिका–८ पिपरीस्थित शङ्कर मावि पिपरीमा पनि समस्या उस्तै छन्। कक्षा १२ सम्म सञ्चालित उक्त विद्यालयका प्रत्येक कोठा फोहोर छन्। कोठामा धुलैधुलो छ। त्यही धुलोमा विद्यार्थीहरु बसिरहेका हुन्छन्। यहाँ पाँच सय २५ विद्यार्थी छन्। 

राप्ती गाउँपालिका–१ भलावाङ स्थित नेपाल राष्ट्रिय माविमा शौचालयमा पानी छैन। शौचालय दुर्गन्धले जान सक्ने अवस्था छैन। निर्माण भएको शौचालयको ढोका फुटेको छ। विद्यालय अगाडि राखिएको झन्डा च्यातिएर लत्रिएको अवस्थामा छ। कक्षा १२ सम्म सञ्चालित उक्त विद्यालयमा चार सय बढी विद्यार्थी छन्। 

यी त, दाङ राप्ती गाउँपालिका भित्र रहेका केही सामुदायिक विद्यालयमा देखिएका बेथिति हुन्। अधिकांश सरकारी विद्यालयको समस्या उस्तै देखिन्छ। विद्यार्थी भर्नादर बढिरहे पनि विद्यालयले आफ्नो स–साना कुरा सुधारमा खासै ध्यान दिएको पाइँदैन तर पनि सामुदायिक विद्यालयमा विद्यार्थीको भर्ना दर भने केही वर्षयता बढिरहेको छ।

राप्ती–१ स्थित नेपाल राष्ट्रिय माविमा एक सयभन्दा बढी नयाँ विद्यार्थी भर्ना भएका छन्। यस विद्यालयमा गएको वर्ष तीन सय विद्यार्थी थिए।  

त्यस्तै, सर्वोदय माविमा यस वर्ष मात्रै दुई सय बढी नयाँ विद्यार्थी थपिएका छन् भने जनज्योति आधारभूत विद्यालयमा ५० बढी नयाँ विद्यार्थी थपिएका छन्। सामुदायिक विद्यालयप्रति विद्यार्थीको विश्वास घटेको छैन। दक्ष शिक्षक र सुरक्षित कक्षा कोठा जस्ता कुराले सामुदायिक विद्यालयहरु निजीभन्दा राम्रा छन्। स–साना कुराहरुलाई सुधार गरे सामुदायिक विद्यालयमा आकर्षण बढ्ने स्वयं विद्यालयका प्रधानाध्यापकहरु बताउँछन्।

‘पछिल्लो समय जति नयाँ भर्ना भइरहेका छन्, तीमध्ये अधिकांश विद्यार्थी निजी विद्यालयबाट आएका छन्,’ राष्ट्रिय माविका प्रधानाध्यापक लोकेन्द्र केसीले भने, ‘हामीले सामान्य कुरामा सुधार गर्दै गर्‍यौँ भने सामुदायिक विद्यालयमा विद्यार्थी दर अझै बढ्ने देखिन्छ।’  

Ncell 2
Ncell 2
nimb
nimb

अधिकांश सामुदायिक विद्यालयमा ठूला–ठूला भवन पनि छन्। शौचालय, खानेपानीसहित आधारभूत कुराहरु पूरा भए पनि ती कुराको सही सदुपयोग हुन सकेको छैन। विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा अभिभावकहरु एकजुट भएर लागेमा विद्यालय सफल हुने प्रधानाध्यापकहरुको धारणा छ।

‘विद्यालय व्यवस्थापन समितिले योजना बनाउने, प्रअसहित शिक्षकहरुले कार्यान्वयन गर्नुपर्छ,’ जनज्योति आधारभूत विद्यालयका प्रअ कुलराज जैसीले भने, ‘त्यति गरेमा सामुदायिक विद्यालयको अवस्था सुधार हुन्छ।’ शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि भवन मात्रै महत्वपूर्ण कुरा नभई व्यवस्थापनको पाटो पनि महत्वपूर्ण हुने उनको भनाइ छ।  

दाङकै नमूनामध्येको एउटा विद्यालय हो– राप्ती गाउँपालिका–२ लालमटियास्थित आदर्श नमूना मावि। यहाँ दुई हजार दुई सय विद्यार्थी छन्। कक्षा १२ सम्म सञ्चालित उक्त विद्यालयमा चालु शैक्षिक सत्रमा मात्रै प्रत्येक कक्षामा ५० जनाभन्दा बढी विद्यार्थी थपिएका छन्। ती सबै नजिकैको निजी विद्यालयबाट आएको प्रधानाध्यापक किरण पोख्रेलले बताए।

‘अहिले धेरै विद्यार्थी नयाँ थपिएका छन्, यो वर्ष मात्रै प्रत्येक कक्षामा ५० जनाभन्दा बढी विद्यार्थी थपिएका छन्,’ उनले भने, ‘यो सामुदायिक विद्यालयका लागि सकारात्मक पक्ष हो।’  

यस विद्यालयमा अहिले अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुन्छ। यसले गर्दा पनि विद्यार्थीको आकर्षण बढिरहेको उनको भनाइ छ। अङ्ग्रेजी माध्याममा प्रत्येक कक्षामा तीन वटासम्म सेक्सन रहेका छन् भने नेपाली माध्यममा दुई वटा सेक्सन रहेका छन्।

प्रत्येक कक्षामा ५० जनासम्म विद्यार्थी राखिएको प्रअ पोख्रेलले बताए। व्यवस्थापन राम्रो भएमा सामुदायिक विद्यालय निजीभन्दा अब्बल हुन सक्छन् भन्ने उदाहरण दिन सकिने उनको भनाइ छ। 

‘हाम्रो लगावको कुरा हो, उचित व्यवस्थापनको कुरा हो, अभिभावक र विद्यार्थीको पनि सहयोगको कुरा हो,’ यी कुरा भएमा सामुदायिक विद्यालय पनि राम्रोसँग चल्न सक्छन्।’ कुनै पनि कक्षा खाली नगर्ने र विद्यार्थीलाई खेल्ने उचित वातावरण बनाउने हो भने विद्यार्थीको सङ्ख्या बढ्ने उनको भनाइ छ। 

यस विद्यालयमा कक्षा ९ देखि १२ सम्म सूचना प्रविधि (आईटी) विषय पनि पढाइ हुन्छ। त्यसले पनि विद्यार्थीको आकर्षण बढेको छ। सोही विद्यालयमा निजी स्रोतबाट विद्यालयले प्राविधिक शिक्षासहित ३० जना शिक्षक राखेको छ भने १७ जनाको स्थायी दरबन्दी छ। त्यस्तै राप्ती गाउँपालिकाले १९ जना शिक्षक उपलब्ध गराएको छ।   

सामुदायिक विद्यालयले सुधारका कार्य पनि गरिरहेका छन्। विद्यालयमा किताबी ज्ञान मात्रै होइन, व्यावहारिक र बिक्ने शिक्षा आजको आवश्यकता हो। विद्यार्थीको शैक्षिक गुण्स्तर वृद्धि गर्न राप्ती–५ पहरुवास्थित बालकल्याण आधारभूत विद्यालय शिशु कक्षासँगै नर्सरी कक्षा पनि चलाएको छ। विद्यार्थीको हेरचाह गर्नका लागि पालैपालो बिहान ९ बजे एकजना शिक्षक आउने व्यवस्था पनि मिलाउने तयारी गरेको छ। यसले विद्यार्थीको सुरक्षामा सहज हुने प्रधानाध्यापक कालुसिंह थापाले बताए।

त्यस्तै, सर्वोदय मावि सिसहनियाले पढाइलाई प्रविधिमैत्री बनाउन थालेको छ। विद्यालयमा अहिले तीन वटा प्रोजेक्टर छन् भने सात वटा ल्यापटप छन्। त्यसबाट पठनपाठन गराइरहेको प्रधानाध्यापक गोविन्दबहादुर केसीले बताए।

भवन बन्नु मात्रै शैक्षिक गुणस्तरको सूचक नभएको बृहत् राष्ट्रिय शिक्षा अभियानका संयोजक अभिषेक घिमिरेले बताए। ‘सामुदायिक विद्यालयका भवन ठूला–ठूला छन् तर निजी विद्यालयका जस्तापाताले छाएका हुन्छन्, त्यहाँको पढाइ राम्रो थियो,’ उनले भने, ‘त्यसैले भवन बन्ने मात्रै भन्दा पनि स–साना कुरामा व्यवस्थापन गरे सामुदायिक विद्यालयको शैक्षिकस्तर धेरै माथि उठ्छ।’ 

सामुदायिक विद्यालयमा दक्ष शिक्षक रहेको भन्दै ती शिक्षकले आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गरे शैक्षिकस्तर धेरै माथि उठ्ने बताए। धेरै ठूला समस्या छैनन्, स–साना कुराहरुलाई ख्याल गरे सुधार हुने देखिन्छ। अहिले पनि सामुदायिक विद्यालयहरुमा जाँदा धेरै कक्षाहरु खाली रहने गरेको भन्दै सबै कक्षामा पढाइ हुने अवस्था रहेमा मात्रै पनि धेरै कुरा सुधार हुने उनको भनाइ छ। धेरै सामुदायिक विद्यालयमा प्रअको नेतृत्व क्षमतामा नै समस्या देखिएको भन्दै प्रअ सक्रिय रहेमा विद्यालय सुधार हुने उनले बताए।

दाङको राप्ती गाउँपालिकाले विद्यालयमा देखिएका समस्या पहिचान गरी त्यसलाई सुधार गर्ने अभियानमा लागेको पालिका अध्यक्ष प्रकाश विष्टले बताए। विद्यालय शिक्षाको गुणस्तरमा पालिकाले विशेष जोड दिएको बताउँदै उनले भने, ‘अबको केही समयमा शिक्षक दरबन्दी मिलान गर्ने तयारीमा छौँ। त्यसपछि जुन विद्यालयमा जे समस्या देखिन्छ, ती समस्या समाधान गर्ने अभियानमा छौँ।’ 

अहिले पालिकाका जनप्रतिनिधि, सामुदायिक विद्यालयका शिक्षक लगायतले सामुदायिक विद्यालयमै आफ्ना सन्तान पढाउन सुरु गरेका छन्। विस्तारै सर्वसाधारणमा पनि अब आफ्ना बालबालिकालाई सामुदायिक विद्यालय नै पढाउनु पर्छ। यसका लागि आफूहरुले पनि ती विद्यालयको भौतिक, अध्ययन गर्ने वातावरण सुधारमा ध्यान दिनुपर्छ भन्ने भावनाको विकास भएको उनको भनाइ छ। राप्ती गाउँपालिकामा २७ वटा सामुदायिक विद्यालय छन्। 

-रासस

प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  १५:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
खोलाको अधिकारमा सर्वोच्चको पहिलो व्याख्या : ‘जीवित व्यक्तित्व’को मान्यता सर्वोच्च अदालतले पहिलो पटक खोला तथा नदीको अधिकार सम्बन्धमा विस्तृत व्याख्या गर्दै फैसला सुनाएको छ। सोमबार, भदौ २९, २०८३
आज हरितालिका तीज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज सोमबार अटल सौभाग्यको कामना गरी मनाइँदैछ। सोमबार, भदौ २९, २०८३
आज दर खाँदै नेपाली महिला हरितालिका (तीज) व्रतका लागि शक्ति सञ्चय गर्न नेपाली महिलाले आज दर खाँदैछन्। दर खाएसँगै चारदिने तीज पर्व औपचारिक रूपमा सुरु हुनेछ। आइतबार, भदौ २८, २०८३
ताजा समाचारसबै
पार्टी पुनर्गठन कुनै रहरमा नहुने भन्दै केन्द्रीय कमिटी बैठकमा ल्या छुट्टै प्रतिवेदन सोमबार, असोज ५, २०८३
नेपाल–भारत व्यापार उपसमितिमा बजार पहुँचदेखि रेल–सडक कनेक्टिभिटीसम्म छलफल सोमबार, असोज ५, २०८३
‘बाढीपहिरो प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि एक सय अर्ब बजेट आवश्यक’ सोमबार, असोज ५, २०८३
पद छोड्न ओलीमाथि बढ्यो दबाब, मार्गप्रशस्त गर्न इश्वर पोखरेलले लेखे पत्र सोमबार, असोज ५, २०८३
इटलीका विद्यालयमा बुर्का–नकाब प्रतिबन्धको तयारी, मेलोनी सरकारले ल्याउँदै नयाँ प्रस्ताव सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्