काठमाडौं- नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस र एमाले सरकार बन्नुपर्ने आम धारणा रहेको बताएका छन्। समीकरण परिवर्तन भइरहने कुराबाट आमजन आजित भएर ठूला दलहरु मिल्दा स्थायित्व हुने अपेक्षा रहेको बताए।
कांग्रेस र एमाले भित्रकै केही नेताहरुमा समेत उक्त धारणाले प्रभाव छाडेको उनको संकेत थियो। तर अहिले नै ठोस निष्कर्षमा पुग्ने तहको छलफल नभएको उनको भनाइ थियो।
कांग्रेस संसदीय दलमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘स-साना दल समेट्न पर्ने, कुरा नमिल्ने, अस्थिर हुने, यस्तो अवस्थामा ठूला दल मिलेर सरकार बनाउने हो कि भन्ने आम धारणा रहेको बुझिन् । नागरिकमा जुन धारणा छ त्यो कांग्रेस भित्र पनि छ, एमाले भित्र पनि छ । सरकारकै बन्ने हो भन्ने तहमा पनि अभिव्यक हुन् । तर त्यो तहमा पुगिसकेको छैन।’
उनले ठूला दलबीच मुलुकका आधारभूत विषयमा सहकार्य र संवाद हुनुपर्छ भन्ने आफूलाई लागेको बताए। संविधान बनाउँदा र शान्ति ल्याउँदा सहमति गरेको बताउँदै फेरि पनि सहकार्य जरुरी भएको उनको भनाइ थियो।
मिश्रित निर्वाचन प्रणालीका कारण अल्पमत पाएकाहरुको नेतृत्वमा ठूला दलले सरकार बनाउनुपर्ने बाध्यता रहेको उल्लेख गरे। सुदूरपश्चिममा पुग्दा जम्मा ४ सिट जितेकोलाई सरकारको नेतृत्व गर्न अघि सार्नुपर्ने अवस्था आएको पनि उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।