काठमाडौँ- सभामुख देवराज घिमिरेले संसद् बैठकलाई रोकतोक बिना अगाडि लैजान महत्वपूर्ण आधार तयार भएको दाबी गरेका छन्। मंगलबार सिंहदरबारमा शिर्ष नेताहरुसँगको भेटपछि उनले २८ गतेबाट सुरु हुने अबको अधिवेशन रोकतोक बिना अगाडि लैजान महत्वपूर्ण आधार तयार भएको दाबी गरे।
समस्याले सदनलाई अवरोध गर्दैन भन्ने आफ्नो बलियो विश्वास रहेको बताउँदै उनले समस्याको समाधान कतिपय राजनीतिक दलहरुको बीचबाट हुने र कतिपय संसद्बाट हुने उल्लेख गरे। संसद्लाई अवरोधको भन्दा समस्या समाधानको थलो बनाउनुपर्ने धारणा राख्दै सभामुख घिमिरेले सबै राजनीतिक दलहरु यसमा सचेत भएर अघि बढ्न जरुरी रहेको पनि बताए।
सभामुख घिमिरेले भने, ‘यो निरन्तर प्रक्रिया हो। समस्याहरु आइरहन्छन्। समस्याले सदनलाई अवरोध गर्दैन भन्ने मेरो बलियो विश्वास छ। समस्याको समाधान कतिपय राजनीतिक दलहरुको बीचबाट हुन्छ। कतिपय संसद्बाट पनि हुन्छ। आजको छलफलले २८ गतेबाट सुचारु हुने अबको अधिवेशन रोकतोक बिना अगाडि लैजान महत्वपूर्ण आधार तयार गरेको छ।’
सभामुख घिमिरेले संसद् राम्रोसँग सञ्चालन गर्न दलहरुको भूमिका निर्णायक हुने र आउँदा दिनमा दलहरु गम्भीर हुनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।