काठमाडौं– सभामुख देवराज घिमिरेले संसद बैठकलाई रोकतोक बिना अगाडि लैजान महत्वपूर्ण आधार तयार भएको बताएका छन्।
मंगलबार सिंहदरबारमा शिर्ष नेताहरुसँगको भेटपछि उनले यस्तो बताएका हुन्। उनले आजको छलफलले ८ गतेबाट सुचारु हुने अबको अधिवेशन रोकतोक बिना अगाडि लैजान महत्वपूर्ण आधार तयार पारेको दाबी गरे।
उनले समस्याले सदनलाई अवरोध गर्दैन भन्ने आफ्नो बलियो विश्वास रहेको पनि बताए। उनले समस्याको समाधान कतिपय राजनीतिक दलहरुको बीचबाट हुने र कतिपय संसदबाट हुने बताए।
उनले संसदलाई अवरोधको भन्दा समस्या समाधानको थलो बनाउनुपर्ने बताए। सबै राजनीतिक दलहरु यसमा सचेत भएर अघि बढ्न जरुरी रहेको उनको भनाइ थियो।
उनले भने, ‘यो निरन्तर प्रक्रिया हो। समस्याहरु आइरहन्छन्। समस्याले सदनलाई अवरोध गर्दैन भन्ने मेरो बलियो विश्वास छ। समस्याको समाधान कतिपय राजनीतिक दलहरुको बीचबाट हुन्छ। कतिपय संसदबाट पनि हुन्छ। आजको छलफलले २८ गतेबाट सुचारु हुने अबको अधिवेशन रोकतोक बिना अगाडि लैजान महत्वपूर्ण आधार तयार गरेको छ। शंका गर्नुपर्ने आधार देखेको छैन। संसदलाई समस्या समाधानको थलो बनाउनुपर्छ। अवरोधको थलोमा लैजानु हुँदैन। यसमा सबै राजनीतिक दलहरु सचेत हुनुहुन्छ। संसद राम्रोसँग सञ्चालन गर्न दलहरुको भूमिका निर्णायक हुन्छ। आउँदा दिनमा दलहरु गम्भीर हुनेछन्। समस्याको समाधान दलबाट निकाल्दै संसद अघि लैजान प्रभावकारी रुपमा लैजानुहुन्छ। अवरोध हटाउन सबैको आफ्नो आफ्नो भुमिका हुन्छ।’
सभामुख घिमिरेले संसद राम्रोसँग सञ्चालन गर्न दलहरुको भुमिका निर्णायक हुने र आउँदा दिनमा दलहरु गम्भीर हुनुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।