काठमाडौँ-संसद्को गतिरोध हटाउन सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेताहरूसँग आज छलफल गर्ने भएका छन् । बैठक बिहान साढे ११ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बस्न लागेको हो।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनकाे माग जारी राखेका बेला सभामुखले सहमतिको पहल गरेका हुन् ।
वैशाख २८ बाट सुरु हुने संसद्को बजेट अधिवेशनअघि नै सहमतिको प्रयासका लागि सभामुखले शीर्ष नेताहरूसँग छलफल गर्न लागेका हुन् । छलफलका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल, ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोलाएको सभामुखको सचिवालयले जनाएको छ ।
यसअघि सभामुख घिमिरेले अवरोध खुलाउन दुई पटक शीर्ष बैठक बोलाए पनि सहमति हुन सकेको थिएन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।