काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रिमण्डल विस्तार गरेका छन्। शनिबार विश्वासको मत पाएका उनले आइतबार मन्त्रिमण्डल विस्तार गरेका हुन्।
मुख्यमन्त्री अधिकारीले एमालेबाट दुई मन्त्री थप गरेका हुन्। यसअघि आफू पहिलोपटक मुख्यमन्त्री बन्दा मन्त्री बनेका दुवैजनालाई दोहोर्याएका हुन्।
कास्कीका वेदबहादुर गुरुङ र स्याङ्जाकी सीता सुन्दास मन्त्री नियुक्त भएका हुन्। गुरुङले ऊर्जा र सुन्दासले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन्। गुरुङ यसअघि कृषि र सुन्दास अर्थमन्त्री थिइन्।
सभामुख कृष्णप्रसाद धितालले ३० मत पाएका मुख्यमन्त्री अधिकारीलाई बहुमत पाएको घोषणा गरेका थिए। यसअघि नेकपा माओवादी केन्द्रबाट हरिबहादुर चुमान अर्थमन्त्री र राजीव गुरुङ (दीपक मनाङे) भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री नियुक्त भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।