काठमाडौं– नेकपा एकीकृत समाजवादी पार्टीको संसदीय दलको बैठक बस्दैछ। पार्टी अध्यक्ष माधवकुमार नेपालले अपरान्ह बस्नेगरी बैठक बोलाएका हुन्।
जनता समाजवादी पार्टी नेपाल विभाजन भएसँगै त्यसको तरंग एकीकृत समाजवादीमा पनि परेको छ। सत्ता गठबन्धन परिवर्तनका लागि लागिपरेका अध्यक्ष नेपालले आफ्नो पार्टीमा पनि त्यो संकट नआओस भन्ने सुनिश्चित गर्नका लागि संसदीय दलको बैठक बोलाएको बताइएको छ।
आफ्नो पार्टीका असन्तुष्ट सांसदहरुलाई छलफलका लागि बोलाइएको बताइएको छ। एकीकृत समाजवादीभित्र पनि अहिले तीव्र असन्तुष्टि देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।