हेटौंडा- बागमती प्रदेशमा सोमबारदेखि नेपाल र तामाङ भाषा पनि कामकाजी भाषा भएको छ। सरकारले जारी गरेको प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० आजदेखि कार्यान्वयनमा आएको हो।
बागमती प्रदेशसभाबाट 'प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०' गत २०८० असोज २२ मा पारित भएको थियो। गत कार्तिक २३ गतेका दिन प्रदेश राजपत्रमा प्रकाशित गरिएको हो। राजपत्रमा प्रकाशित भएको सोमबार १८० दिन पुगेको छ। प्रकाशित भएको १८० औं दिनमा कार्यान्वयनमा जाने कानुनि व्यवस्था रहेको छ।
काठमाडौँको वसन्तपुरमा एक औपचारिक कार्यक्रम गरि उक्त घोषणा गर्ने तयारी गरिएको छ। कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को समेत उपस्थिति रहनेछ।
नेपाल र तामाङ भाषा पनि कामकाजी भएको अवसरमा बागमती प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।