काठमाडौं- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गरेको घोषणा गरिएको छ। सभामुख कृष्ण धितालले आफूलाई समेत गणना गरेर विश्वाको मत पाएको घोषणा गरेका हुन्।
आइतबार प्रदेश सभामा पेस विश्वासको मतसम्बन्धी प्रस्तावमा अधिकारीको पक्षमा जम्मा ३० मत खसेको थियो। ६० सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ३१ आवश्यक थियो।
बलपूर्वक घोषणा गरिएको भन्दै नेपाली कांग्रेसले विरोध जनाएको छ। आफूले निर्णायक मत दिन पाउने बताउँदै सभामुख धितालले विश्वासको मत पाएको घोषणा गरेका हुन्।
अधिकारीका पक्षमा एमालेका २२, माओवादीका ७ र दीपक मनाङे गरी ३० जनाले मत दायर गरेका थिए भने नेपाली कांग्रेसका २७ सांसदले विपक्षमा मतदान गरे। राप्रपाका २ जना तटस्थ बसे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।