काठमाडौं- जनता समाजवादी पार्टी नेपाल फुटेर बनाइएको भनिएको जनता समाजवादी पार्टीमा संघीय परिषद् अध्यक्षमा राजेन्द्र श्रेष्ठ प्रस्तावित भएका छन्। यसैगरी केन्द्रीय कमिटी अध्यक्ष भने अशोक राई रहेका छन्।
निर्वाचन आयोगमा बुझाइएको सूचीमा रेनुकुमारी यादव सहअध्यक्ष, उपाध्यक्षमा जनकध्वज कन्दङ्वा, नवलकिशोर साह, परशुराम बस्नेत र सुशीला श्रेष्ठ उपाध्यक्ष रहेका छन्।
यसैगरी मोहम्मद इस्तियाक राई महासचिव रहेको राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन्। महिनौँदेखि चलिरहेको प्रक्रिया अहिले कार्यान्वयन गरेको श्रेष्ठको भनाइ छ। एक हप्तामा केन्द्रीय सदस्यको भेला गर्ने उनले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।