काठमाडौं- नेपालमा सबैभन्दा बढी कोरा मृत्युदर गण्डकी प्रदेशमा रहेको छ भने सबैभन्दा कम कर्णालीमा रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ। कार्यालयका अनुसार प्रतिएक हजारमा कति व्यक्तिहरुको एक वर्षमा मृत्यु हेर्दा सबैभन्दा बढी मृत्यु हुने गण्डकी प्रदेशमा ८.२५ (हजारमा ९ जना) प्रदेश रहेको छ।
जसअनुसार सबैभन्दा कम कर्णाली प्रदेशमा छ। कर्णाली प्रदेशमा कोरा मृत्युदर एक हजार जनामा ४.९९ रहेको छ। मधेस प्रदेशमा मृत्युदर कम भएको देखिन्छ। २०६८ मा एक हजारमा ७.३ जनाको मृत्यु भएको थियो भने अहिले आउँदा ६.८ प्रतिशतको मृत्यु भएको छ।
२०३८ मा १३.५ जनाको मृत्यु हुने गर्दथ्यो। लुम्बिनी प्रदेशमा हजारमा ७.७ जनाको मृत्यु भएको दखिन्छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा देखिन्छ ६.४२ रहेको छ। १ हजार लाइफ बर्थमा कति जना बच्चाहरुको मृत्यु भयो भनेर हेर्ने हो भने एक वर्ष नपुग्दै मृत्यु भएकाहरुको संख्या सबैभन्दा बढी मधेस प्रदेशमा देखिन्छ। मधेसमा एक हजारमा २१ जना मृत्यु भएको देखिन्छ।
सबैभन्दा कम गण्डकी प्रदेश र वागमती प्रदेशमा छ। जीवित जन्ममा एक वर्ष नबित्दै १ हजार जनामा १२ जनाको मृत्यु भएको देखिन्छ। पुरुष र महिलामा बालबालिकाको हिसावमा हेर्दा (छोरा र छोरी) मा हेर्दा छोरीको मृत्युदर कम देखिन्छ। छोराको बढी छ।
मधेस प्रदेशमा एक हजार जनामा १८ जना छोरीहरु मर्दा २३ जना छोराहरुको मृत्यु भएको छ। गण्डकी प्रदेशमा १२ जना छोराहरुको मृत्यु हुँदा ११ जना छोरीको मृत्यु भएको देखिन्छ। छोराहरुको मृत्युदर सबै उमेर समूहमा बढी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।