काठमाडौं- एक वर्षमा शिशुहरुको कोरा जन्मदर हेर्दा नेपालमा १४.२ प्रतिशत (हजारमा १४ जना) जन्म भएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ। जन्मिने हिसाबको क्रममा सबैभन्दा कम गण्डकी प्रदेशमा रहेको कार्यालयले जनाएको छ।
गण्डकी प्रदेशमा वार्षिक जनसंख्या वृद्धिदर ०.२५ प्रतिशत मात्रै छ। यसको प्रभाव कोरा जन्मदरमा पनि परेको तथ्यांकले देखाउँछ। सो प्रदेशमा प्रतिहजारमा ११ जना मात्रै जन्म भएको देखिन्छ। सबैभन्दा बढी कर्णाली प्रदेशमा १८.६ अर्थात एक हजारमा १८ देखि १९ जना जन्म भएको देखिन्छ।
यस्तै कोरा जन्मदर घट्दो क्रममा छ। २०२८ सालदेखि २०७८ सालसम्मको अवधिमा द्रुतगतिमा कोरा जन्मदर घट्दो छ। ०६८ मा २२.४ थियो भने ८ जनाको दरले यो अवधिमा घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।