पोखरा- गण्डकी प्रदेश सभाको बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ। मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिन बोलाइएको बैठक आधा घण्टाका लागि स्थगित गरिएको हो।
मुख्यमन्त्री अधिकारीले विश्वासको मतका लागि प्रस्ताव पेस गरेपछि माओवादी, कांग्रेस र राप्रपाका नेताहरुले धारणा राखेलगत्तै सभामुख कृष्ण धितालले आधा घण्टाका लागि बैठक स्थगित गरेका हुन्।
प्रदेशसभा बैठकमा एमाले र माओवादीले मुख्यमन्त्रीलाई विश्वासको मत दिने भएका छन्। स्वतन्त्र सांसद दीपक मनाङेले पनि अधिकारीलाई विश्वासको मत दिनेछन्। नेपाली कांग्रेसले विश्वासको मत नदिने भएको छ भने राप्रपा तटस्थ रहने भएको छ ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।